"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी

Table of Content

आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी

काठमाण्डौ – अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ ।

इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फसेर नयाँ कारबाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाहरूका साथ चेतावनी दिनुभएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो । ट्रम्पको यो अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो । तर, इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई पुनः गम्भीर बनाएको छ ।

इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कारबाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट सङ्केत दिएको छ । यद्यपि, इरानले ती ‘नयाँ मोर्चा’ वा ‘नयाँ सैन्य रणनीति’ कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा थप विवरण सार्वजनिक गरेको छैन ।

यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य सङ्घर्षलाई लिएर चिन्ता फेरि बढेको समाचारमा उल्लेख छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...
nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०