"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत काठमाण्डौ – नेपाली  राष्ट्रिय  क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा  दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियता अनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ ।  यो विश्व वरियतामा जिम्बाबेका सिकन्दर...
Read more

राप्ती नगरपालिका वडा नं. ९ मा सिपमूलक तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

राप्ती नगरपालिका वडा नं. ९ मा लक्षित वर्गका लागि सञ्चालन गरिने सिपमूलक तथा टोल विकास व्यवस्थापन तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम आज श्री दूधकोशी नमूना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता राप्ती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खड्कबहादुर तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राप्ती नगरपालिकाका...
Read more

रत्ननगर नगरपालिका वडा नं–१४, घोल चोकमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१४, घोल चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्री वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । टाँडीबाट भट्ट चोकतर्फ आउँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्री रत्ननगर–१४ बस्ने ७५ वर्षीया कृष्णमाया मगरको बकुलहर रत्ननगर अस्पतालमा उपचारको क्रममा शनिबार बेलुकी ७ः२२ बजे मृत्यु भएको हो । मोटरसाइकल...
Read more

धमाधम काटिँदै छन् सडकका जोखिमयुक्त सालका रुख

भरतपुर । २०७९ जेठ ६ गते शुक्रबार साँझ चितवनमा भीषण हावाहुरी आयो । हावाहुरीले सडकका धेरै रुखहरु ढले । ढलेका रुखले च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गयो । भरतपुर–११ को भोजाडमा अटोमा सवार दुई जना र बसेनीमा म्याजिकमा सवार एक जनाको हावाहुरीले ढालेको रुखले च्यापिएर मृत्यु भयो । त्यतिबेलाको हावाले चितवनमा १५ जना घाइते भएका...
Read more

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि बनाइएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ ।  मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम साबिकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई जग्गा...
Read more

वैशाखको अन्तिम हप्ता रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिइने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार वैशाख २६ र २७ गते रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।  यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई...
Read more

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलान्चोक । वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराएको हो । वर्षाका कारण रोशी खोलामा ठुलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले सोमबार साँझ ५ः०० बजेदेखि आवागमन...
Read more

इँटा भट्टामा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्। पुनर्वास नगरपालिका–७ मा न्यू इँटा उद्योगमा गएराति दुर्घटना भएको हो। काँचो इँटामा पानी हाल्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उद्योगमा कार्यरत कामदारहरू चपेटामा परेका थिए। दुर्घटनामा परी भारतको उत्तर प्रदेश बहराइच जिल्लाका २७ वर्षीय...
Read more

ओझेलमा मेघौलीको थारु सांस्कृतिक सङ्ग्रहालय

मेघौली । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी प्रवेशद्वार मेघौलीमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकको नजरमा नपर्दा ओझेलमा परेको छ । स्वदेशी तथा विदेशी इतिहासका विद्यार्थीका लागि थारु सङ्ग्रहालय अध्ययनका लागि आकर्षक बने पनि अन्य पर्यटकहरुको आवागमन सङ्ख्या पनि न्यून छ । थारु जातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने प्राचीन सभ्यताका मूर्ति र सजाएर राखिएका...
Read more

एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सम्पन्न

भरतपुर । विकासानन्द फाउन्डेसन विश्व परिवार अन्तर्गत संस्थाका संस्थापक डा. विकासानन्द गुरूदेवको विशेष उपस्थितिमा नारायणगढस्थित वैकुण्ठचोक टोल विकास संस्थाद्वारा आयोजित एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ४ स्थित चितवन फुड मार्ट एण्ड पार्टी प्यालेसमा आइतबार दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा...
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०