"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बिपी राजमार्गमा आवागमन बन्द

Table of Content

काभ्रेपलान्चोक । वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराएको हो । वर्षाका कारण रोशी खोलामा ठुलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले सोमबार साँझ ५ः०० बजेदेखि आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

सूचना अधिकारी विष्टका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रीलाई अपिल गरिएको छ । वर्षाका कारण पटक पटक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो ।

Laxmi sunrise bank

यसअघि यही वैशाख दोस्रो साता पनि रोशी खोलाको बाढीले उक्त स्थानमा सडक अवरुद्ध बनाउँदा बिपी राजमार्ग दुई दिनपछि खुलेको थियो । कार्यालयका अनुसार सोही वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो ।

गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानमा सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गत वर्षको बाढी पहिरोले राग मार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेश मार्ग धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

काठमाण्डाै – कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार पौडेलले १ हजार ३७० मत प्राप्त गर्नुभएको छ । महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्नुभएको छ । पछिल्लो परिणामअनुसार राणाले ७८३ मत प्राप्त गर्दा पुनले ६८७ मत पाउनुभएको छ । यस्तै अर्का प्रतिस्पर्धी सुनिल...

भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित ३ जना नेता रिहा

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आज रिहा भएका छन् । नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो । कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले...

विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा : प्रतिवेदन

काठमाण्डाै – नेपालमा पछिल्लो एक दशकमा बालविवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै धेरै जोखिममा रहेका संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा युनिसेफले सार्वजनिक गरेको ‘नेपालमा बालविवाह अन्त्यका लागि एक दशकको तथ्याङ्क र एक आह्वान’ नामक नयाँ पैरवी प्रतिवेदनअनुसार २० देखि २४ वर्ष उमेर समूहका १८...

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना

तपेटिककाबारे विवाद सिर्जना भएसँगै प्रभावित भएको कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सुरु भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै केही समय प्रभावित भएको थियो । मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो । मधेस प्रदेशको सिल नगरेको बाकस भेटिएको थियो भने मुचुल्का...

बूढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी अन्तै सारिए

काठमाडौँ : बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ। गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार हाल  आरूघाट आधारभूत अस्पतालमा उपचाररत बिरामीहरूलाई एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा सारिएको छ भने अस्पतालका कर्मचारीहरूलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०