"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ओझेलमा मेघौलीको थारु सांस्कृतिक सङ्ग्रहालय

Table of Content

मेघौली । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी प्रवेशद्वार मेघौलीमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकको नजरमा नपर्दा ओझेलमा परेको छ । स्वदेशी तथा विदेशी इतिहासका विद्यार्थीका लागि थारु सङ्ग्रहालय अध्ययनका लागि आकर्षक बने पनि अन्य पर्यटकहरुको आवागमन सङ्ख्या पनि न्यून छ ।

थारु जातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने प्राचीन सभ्यताका मूर्ति र सजाएर राखिएका कलात्मक वस्तुले सङ्ग्रहालय सज्जित भए पनि त्यो अवलोकन गर्न टाढाका नआउने र नजिककाले वास्ता नगर्ने अवस्था रहेको हेरालुको रुपमा खटिएका सत्यनारायण चौधरी बताउँछन् । मेघौलीका बाराही, सिराइचुलीजस्ता होटलका पाहुनाहरु बेला–बेलामा अवलोकन गर्न आउने उनले बताए । थारु जातिको बसोवास रहेको क्षेत्र मानिए पनि थारु सङ्ग्रहालय पर्यटकको अभावमा सुनसान देखिने गरेको र आन्तरिक पर्यटकको खासै आकर्षण नरहेको उनी बताउँछन् ।

मेघौली थारु बाहुल्य क्षेत्र भएकाले थारु पहिचान दिलाउने सामग्री बढी छन् । थारु जातिको उद्गमस्थलका रुपमा रहेको चितवनलाई थारुहरुको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु सङ्ग्रहालय स्थापना गरिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष मायाराम चौधरी बताउँछन् । सङ्ग्रहालयमा थारु समुदायको जन्मदेखि मृत्युसम्मका संस्कृतिदेखि थारु समुदायले परम्परादेखि प्रयोग गर्दै आइरहेका विभिन्न हातहतियार, पोसाक, भाँडाकुँडा तथा सङ्ग्रहालयको भित्री भित्ताहरुमा थारु समुदायहरुको परम्परा, संस्कृति, रीतिरिवाजलाई चित्रमा देखाइएको अध्यक्ष चौधरीले बताए ।

सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, थारु जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरूवा, हँसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्बिर राखिएको छ । आदिवासी थारुहरु परम्परादेखि नै जङ्गलको छेउछाउमा बस्ने भएकाले त्यसैअनुसारका हातहतियारहरुका साथै थारु संस्कृति झल्कने खालका तबला, डुँकी, हार्मोनियमजस्ता वाद्यवादनका सामग्रीसमेत राखिएको छ । महिलाहरुले लगाउने माठा, पिटा, खुट्टामा लगाउने गुहुर्ला, नाकमा लगाउने नत्थीलगायतका प्राचीन गरगहना पनि देख्न पाइन्छ ।

थारुहरुले प्रयोग गर्ने गरेको काठे इनार, काठे बैलगाडा, ढिकी, परेवाका खोर तथा प्राचीन तोरी पेल्ने कोल बनाउने योजना रहेको अध्यक्ष चौधरीले बताए । थारु जातिको कला, संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै उनीहरुको जीवनशैली अध्ययन गर्नका लागि यहाँ थारु सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको भन्दै भरतपुर–२७, मेघौलीमा स्थापना भएको सङ्ग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुन थालेको बताए ।

मेघौलीको पर्यटनलाई टेवा दिनका लागि यो सङ्ग्रहालयले निकै मद्दत पु¥याउन सक्छ । तर, हाल यो सङ्ग्रहालयले प्रचारप्रसारको अभावमा पर्यटकलाई आकर्षण गर्न सकेको छैन । भरतपुर महानगरअन्तर्गत पर्ने पश्चिम चितवनका १२ वडामा गरी ४० मौजा, करिब ४ हजार घरधुरी तथा ४० हजार जनसंख्या थारु जातिको रहेको क्षेत्र मानिए पनि थारु सङ्ग्रहालय पर्यटकको अभावमा सुनसान देखिन थालेको थारु अगुवा हरिश्चन्द्र महतो बताउँछन् । मेघौलीका होटल सञ्चालकहरुले यस सङ्ग्रहालयका बारेमा चासो राखेर होटलमा आउने पाहुनालाई जानकारी दिँदै प्रचारप्रसारमा सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

सङ्ग्रहालय परिसरमा संसद् विकास कोषबाट सांसद्हरुको सहयोगमा सभाहल र अन्य संरचनाहरु बनाइएको भन्दै अध्यक्ष चौधरीले सङ्ग्रहालय निर्माणमा बजेटको अभाव हुँदै गएको बताए । विसं ०६६ सालदेखि मेघौली विमानस्थल परिसरमा थारु सांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा छ ।

‘यहाँ आउने पाहुनालाई देखाउने ठाउँ भएको छ’, मेघौली थारु सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले भने, ‘सङ्ग्रहालय हाम्रो चिनारीसँग पनि जोडिएको छ ।’ सङ्ग्रहालयमा परम्परागत र ऐतिहासिक महŒवका सामग्री सङ्ग्रहित गरिएको उनले बताए । सङ्ग्रहालय १० कट्ठामा फैलिएको छ । स्वदेशी पर्यटकसँग १० रूपैयाँ र विदेशी पर्यटकसँग १०० रूपैयाँ शुल्क कायम गरिएको उनले बताए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1624096079_Marsyangdi-River_GN2paH04PV_undr76vor9p7guiuqe7s7naow78byrrtoja6dbj14dq7jmnldv3bpzvdc1r0_G51aIbnq3J_6l78zgw0l7ekkt19udkr7qqrc00hbdmrqpexj88bpb8mtmpmntbjn07fusqx

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । ...
krishnabhir-road-1789298778 (1)

भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत धादिङकाे कृष्णभीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०