"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा काठमाण्डौ — सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्ग भित्रका संरचना निर्माण, सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८...
Read more

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले जतिसक्दो छिटो समाधानको प्रयासमा प्राविधिक टोली खटिएको पनि जानकारी दिए । ‘तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख...
Read more

राप्ती नगरपालिका वडा नं. १२ मा वडा स्तरीय बैठक सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

चितवन, राप्ती । राप्ती नगरपालिका वडा नं. १२ मा आज सम्पन्न वडा स्तरीय बैठकबाट नयाँ वडा कार्यसमिति सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएको छ। बैठकले विभिन्न पदमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। नवनिर्वाचित कार्यसमितिको सभापतिमा राजु प्रजा चयन हुनुभएको छ भने उपसभापतिमा सन्त बहादुर तामाङ र सचिवमा प्रभाकर मोक्तान चयन...
Read more

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने काठमाण्डाै – विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले...
Read more

एनसिएफ को कोषाध्यक्ष पदमा रेभ. वीर बहादुर तामाङको उम्मेदवारी: वित्तीय पारदर्शिता, संस्थागत सुदृढीकरण र एकतामा जोड

१० जेष्ठ २०८३चितवन ।राष्ट्रिय मण्डली सङ्गति (एनसिएफ) नेपालको आगामी ६६ औं वार्षिक उत्सव तथा राष्ट्रिय अधिवेशनमा कोषाध्यक्ष पदका लागि रेभ. पास्टर वीर बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि नेपाली मण्डली र सेवकाइमा सक्रिय रहँदै आउनुभएका तामाङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका परिचित, परिपक्व र आदरणीय अगुवा हुनुहुन्छ।चितवन निवासी तामाङले एनसिएफ नेपालको जिल्ला, प्रदेश...
Read more

कर्मचारीको तलब बढ्ने निश्चित, श्रेणीको पुनर्संरचना अझै अन्योलमा

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने निश्चित भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब वृद्धिको घोषणा गर्ने भएका हुन्। लामो समयदेखि कर्मचारीको तलब नबढेको तथा निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रतिको आकर्षण घट्न थालेको भन्दै तलब तथा सुविधा बढाउन आवश्यक रहेको निष्कर्षमा बजेट टिम पुगेको हो। तलब बढाउनै पर्ने विषयमा...
Read more

एसियामा ऊर्जा संकटको आँधी र रुसी रणनीति

मे २०२६ पछि एसिया एकैसाथ उत्पन्न हुने अनेकौँ संकटहरूको केन्द्रबिन्दु बन्ने छ । हाल फिलिपिन्सले ऊर्जा आपूर्तिसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गरेको छ । अघिल्ला झट्काहरूबाट मुस्किलले उकासिन थालेको श्रीलङ्का अहिले, जहाँबाट भएपनि पेट्रोलियम लिने प्रयासमा छ । तर सबैको शर्त के छ भने पेट्रोलियम पदार्थ होर्मुज जलडमरुको नाकाबन्दीभन्दा बाहिरबाट आउनुपर्छ । हङकङ र सियोलका शेयर...
Read more

चिनियाँ इन्जिनियरहरूले पाकिस्तानमै गएर भारत विरूद्धको युद्धमा सघाएको खुलासा

गत वर्ष भारतसँग भएको युद्धका क्रममा पाकिस्तानलाई चीनले प्रत्यक्ष प्राविधिक सहयोग गरेको खुलासा भएको छ। पहलगाममा आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमा हमला गरेको थियो। पाकिस्तानले जबाफी हमला गर्दा चिनियाँ इन्जिनियरहरू पाकिस्तानमै उपस्थित भएर लडाकू विमान परिचालनमा सहयोग गरेको खुलासा भएको हो। चीनको सरकारी सञ्चार संस्था साउथ...
Read more

अख्तियारमा उजुरी परे पनि विद्यार्थीलाई ल्यापटप !

रत्ननगर । गत वर्ष मावि गबैका २१ जना विद्यार्थीलाई ल्यापटप दिँदा खैरहनी वडा नं–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालविरूद्ध अख्तियारमा उजुरी प¥यो । विद्यार्थीको आवश्यकता र कानुनसम्मत भएका कारण अख्तियारमा हालेको उजुरीले खासै असर गरेन । मुद्दा सजिलै टुङ्गियो । वडाध्यक्ष भूषालले गलत काम गरेका थिएनन्, खालि उनले गरेको उदाहरणीय काम रोक्ने प्रयास गरिएको थियो ।...
Read more

जाजरकोटमा पूर्वाधार विस्तार : दुई पुल शिलान्यास, लामतडा ट्रष्ट ब्रीज उद्‌घाटन 

काठमाडौँ — जाजरकोटमा एकैदिन दुईवटा सडक पुलको शिलान्याश भएको छ भने एक ट्रष्टब्रीज पुलको उद्‌घाटन भएको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्ती खोला सडक पक्की पुल निर्माणको शिलान्यास गरेका छन् ।  यस्तै शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुई पिपल सडक पुल निर्माणको पनि...
Read more
1 … 22 23 24 25 26 … 44

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०