"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

तेस्रो मुलुकबाट ल्याएर खानेतेल भारत पठाउँदै नेपाली उद्योग

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको वैदेशिक व्यापारमा खानेतेल आयात अस्वाभाविक रुपमा बढेको छ । भन्सार विभागको पछिल्लो विस्तृत तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा मात्रै नेपालले १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको खाने तेल तथा तेलजन्य वस्तु आयात गरेको छ । विभागकाअनुसार यस अवधिमा कुल...
Read more

नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

काठमाडौँ । नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख ३१ गते कास्कीका डा दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  विभागीय मन्त्री खडक राज पौडेल (गनेस)को...
Read more

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टी भित्रबाट दबाब बढेको छ ।  हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन् । उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न...
Read more

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’ काठमाण्डौ –  विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जितेको छ । फ्रान्समा भएको ७९औँ कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फ क्लोजिङ सेरोमनीमा यो अवार्ड जितेको हो । अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स...
Read more

घलान चोक युवा समाजको श्रमदानबाट एकल जेष्ठ महिलाको घरमा नयाँ छाना

चितवन, राप्ती । राप्ती नगरपालिका अन्तर्गत घलान चोक युवा समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल जेष्ठ महिला लाल माया तामाङको घरमा नयाँ छाना हाल्ने कार्य सम्पन्न गरेको छ। लामो समयदेखि पुरानो तथा जीर्ण जस्ताका कारण वर्षाको पानी घरभित्र पस्ने समस्याबाट पीडित तामाङलाई राहत पुग्ने गरी युवाहरूले सामूहिक पहल गरेका हुन्। वडाको “विपन्न परिवारलाई जस्तापाता वितरण” शीर्षक...
Read more

पोखरा महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा

पोखरा महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा काठमाण्डौ – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण सङ्कलन गर्दा ८१ हजार एक सय ५५ रोपनी  सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो...
Read more

बीपी राजमार्गको चार सय बेँसी खण्डमा १० दिनभित्र नयाँ ट्रयाकबाट गाडी चलाउन सकिने

बीपी राजमार्गको चार सय बेँसी खण्डमा १० दिनभित्र नयाँ ट्रयाकबाट गाडी चलाउन सकिने काठमाण्डौ – बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आउँदो १० दिनभित्र सञ्चालनमा आउने भएको छ । सङ्घीय संसदको पूर्वाधार विकास समितिका सभापति एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे...
Read more

एमाले सचिवालय बैठकमा ओली र गुरुङबीच चर्काचर्की

एमाले सचिवालय बैठकमा ओली र गुरुङबीच चर्काचर्की काठमाण्डौ – नेकपा एमालेका चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन् ।  भक्तपुरको गुन्डुमा हिजो बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले फागुन २१ को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन्...
Read more

रवि, जिबी र छविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि, जिबी र छविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता काठमाण्डौ – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै गितेन्द्रबाबु राई (जिबी) विरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ ।  तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुर...
Read more

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए । तर आव २०८०/८१, २०८१/८२ र २०८२/८३ मा तलब बढेन । निजामती सेवा ऐनमा तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी...
Read more
1 … 23 24 25 26 27 … 44

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०