"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

Table of Content

समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

काठमाण्डौ – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीन वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित तीन वटा सहकारीका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।

समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक गरेको हो । समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ ।

अन्यथा कानुन बमोजिम असुली गरिने उल्लेख छ । साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ऋणीहरूको नाम सूचीमा उल्लेख छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०