"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत

Table of Content

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले जतिसक्दो छिटो समाधानको प्रयासमा प्राविधिक टोली खटिएको पनि जानकारी दिए । ‘तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा आएको समस्याले गर्दा प्रभावित क्षेत्रहरूमा लोड फ्लक्चुएसन (विद्युतको भोल्टेजमा उतारचढाव) र ट्रिपिङको समस्या भइरहेको छ,’ प्राधिकरणका प्रवक्ता ढकालले भने, ‘पिलुवा (पथलैया)– चन्द्रनिगाहपुर खण्डको टावर नम्बर १२२–१२३ को बीचमा तीव्र हावाका कारण रुख ढलेर प्रसारण लाइनमा पर्दा विद्युत प्रवाहमा अवरोध आएको थियो। हाल रुख हटाइसकिएको छ र एक सर्किट चार्ज गर्ने प्रक्रिया अगाडि बढाइएको छ।’

त्यसैगरी पिलुवा–चन्द्रनिगाहपुर प्रसारण खण्डको टावर नम्बर १३६ र १३७ को बीचमा तीव्र हावाका कारण तीनवटा रुखहरू ढलेर प्रसारण लाइनमा पर्दा विद्युत प्रवाहमा समस्या सिर्जना भएको भन्दै प्राधिकरणले शनिबार राति नै तीनवटै रुखहरू हटाई सुचारु गरेको जानकारी दिएको छ ।

‘अमलेखगञ्ज–कमाने खण्डको टावर नम्बर ४६ र ४७ को बीचमा तीव्र हावाका कारण एउटा रुख ढलेर प्रसारण लाइनमा पर्दा एचटीएलएस कन्डक्टरमा क्षति पुगेको छ,’ प्रवक्ता दाहालले भने, ‘यो तीन घटनामध्ये प्राविधिक दृष्टिले सबभन्दा जटिल समस्या हो। यी सबै समस्या समाधानका लागि प्राधिकरणको एचटीएलएस विशेषज्ञसहितको प्राविधिक टोली आइतबार बिहानै अमलेखगञ्ज–कमाने घटनास्थलमा पुगिसकेको छ र स्ट्रिङिङको काम सुरु गरिसकेको छ।’

उनले मर्मत कार्य सम्पन्न हुनासाथ यथाशीघ्र विद्युत आपूर्ति पूर्ण रूपमा सुचारु गर्ने गरी प्राधिकरण लागिरहेको पनि जानकारी दिए । पिलुवा–चन्द्रनिगाहपुर खण्डका दुवै स्थानमा पनि सामान्यीकरणको कार्य समानान्तर रूपमा अगाडि बढिरहेको उनले जानकारी दिए ।

प्रसारण लाइनमा परेको आकस्मिक अवरोधका कारण उपभोक्तामा पर्न गएको असुविधालाई ध्यान दिदैँ जतिसक्दो छिटो समाधान गर्ने प्रयासमा प्राधिकरण लागेको भन्दै दैनिक जीवन तथा व्यावसायिक क्रियाकलापमा परेको प्रतिकूल प्रभावप्रति क्षमा मागेको छ । ‘पूर्ण तथा स्थिर विद्युत आपूर्तिको शीघ्र पुनःस्थापना हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘आकस्मिक समस्यामा धैर्यता र सहयोगका लागि हाम्रा ग्राहक वर्गमा अपिल गर्दछौँ ।’

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०