"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत काठमाण्डौ – नेपाली  राष्ट्रिय  क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा  दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियता अनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ ।  यो विश्व वरियतामा जिम्बाबेका सिकन्दर...
Read more

रत्ननगरमा आजबाट राष्ट्रिय स्तरको फुटबल खेल सरु हुँदै

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शनिबारबाट चार लाख पुरस्कार राशीको राष्ट्रिय स्तरको रत्ननगर कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्नेछन् । प्रतियोगिताको पहिलो खेल आयोजन टिम र समाज कल्याण खेलकुद संघ...
Read more

स्मित पटेलकाे शतकमा अमेरिकाले दियाे नेपाल ‘ए’ लाई २६३ रनकाे लक्ष्य

स्मित पटेलकाे शतकमा अमेरिकाले दियाे नेपाल ‘ए’ लाई २६३ रनकाे लक्ष्य काठमाण्डाै – एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ‘ए’ टोलीलाई २६३ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले शतक बनाए । पटेल १०८ बलमा ११६...
Read more

मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।  यही मे र जुनमा हुने एशियाली खेलकुद महिला छनोट र एसीसी महिला प्रिमियर कपका लागि क्यानले हिजो टोलीको घोषणा गरेको हो । क्यानले...
Read more

नेपाल ‘ए’ले स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दै

नेपाल ‘ए’ले स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दै काठमाण्डौ – नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ ।  मुलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे खेल शुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ‘ए’ले अभ्यास शृङ्खला खेल्दैछ ।  नेपाल...
Read more

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले शीर्षस्थानको पञ्जाब किङ्ग्सलाई ३३ रनले हराएको छ । यससँगै हैदरावाद शीर्षस्थानमा पुगेको छ भने पञ्जाब दोस्रो स्थानमा झरेको छ ।  पञ्जाबले पछिल्लो ३ खेलमा लय गुमाउँदै लगातार ३ हार बेहोरेको छ । हैदरावादमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट...
Read more

ओमानसँगको खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ थाल्यो

ओमानसँगको खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ थाल्यो काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले टस जितेको छ ।  त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । खेल भर्खरै शुरु भएको छ । घरेलु मैदानमा भइरहेको शृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो । ...
Read more

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको  छ । योसँगै कोलकाताले यसअघिको खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो खेलमा हैदराबाद ६५ रनले विजयी भएको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १६६ रनको लक्ष्य...
Read more

लिग–२ क्रिकेट : यूएईले ओमानलाई ५४ रनले हरायाे

लिग–२ क्रिकेट : यूएईले ओमानलाई ५४ रनले हरायाे काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई ५४ रनले हराएको छ । यूएईले दिएको ३०९ रनको लक्ष्य पछ्याएको ओमानले ३९ ओभर ५ बलमा २५४ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जितेन रामानन्दीले नटआउट ९१, हमाद मिर्जाले ८३ रन बनाए...
Read more

ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को जारी शृंखलामा ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर ब्याटिङ राजेका हुन् ।  नेपाल शृंखलामा लागातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो ।  लिगमा २१ खेल खेलेको...
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाण्डाै – सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे । मन्त्रिपरिषद् बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झन्डै १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त...

मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ्यो

काठमाण्डौ – मौसममा सुधार आएसँगै विश्वप्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढेको छ । अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिनयता एबिसी जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको पर्यटन व्यवसायीले बताएका छन् । छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप...

फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै

काठमाण्डौ – फ्लाई दुबईको जहाजमा ककपिटभित्रै पाईलटमाथि बञ्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेका सहचालकको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरु भएको छ । अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त प्रतिआतंकवाद टोलीले ओमानी नागरिक हमाम अल–हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरिरहेको अल जजिराले जनाएको छ । अल–हमामीले झण्डै एक दशकअघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा...

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र, चुनावी कार्यतालिका सार्वजनिक

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरु हुँदैछ । काठमाण्डौको खुलामञ्चमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुन लागेको हो । बन्दसत्र पनि खुलामञ्चमै हुने कार्यक्रम छ । बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत...

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०