"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

ढुंगाले हिर्काएर छिमेकीको हत्या

फिदिम, वैशाख १० गते । पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई जनाबिच भएको विवादमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हिलिहाङ–७ निवासी ५२ वर्षीय धनप्रसाद यवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उहाँलाई आफ्नै छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको बताइएको छ। घटना बुधबार साँझ भएको हो। घटनापश्चात् आरोपित...
Read more

विराटनगर महानगरपालिकामा तास खेल्ने अड्डामा प्रहरीले छापा मारे, ६ जना पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका–९ सोमबारेस्थित खाली घरमा गोप्य रूपमा सञ्चालन हुँदै आएको तास खेल्ने अड्डामा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बुधबार राति करिब ८ बजेतिर तास खेल्दै गरेका ६ जनालाई नियन्त्रणमा लिएको बताए।  उनका कटवालका अनुसार खाली घरलाई व्यवस्थित रूपमा तास खेल्ने स्थल बनाएको पाइएको छ...
Read more

रत्ननगरमा एक वर्षमा ११० जोडीको सम्बन्धविच्छेद

रत्ननगर । रत्ननगर नगरपालिकामा एक वर्षको अवधिमा ११० जोडीले सम्बन्धविच्छेद गरेका छन् । नगरपालिकाको सामाजिक तथा पञ्जीकरण उपशाखाका अनुसार २०८२ वैशाख १ देखि चैत ३० सम्मको अवधिमा ११० जोडीहरु कानुनीरुपमा अलग्गिएका हुन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६२३ जोडीले सम्बन्ध गाँस्दै गर्दा १११ जोडीले सम्बन्ध टुटाएका थिए । नगरपालिकाका १६ वडाहरुमध्ये वडा नम्बर–११ मा...
Read more

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग शुरू

काठमाण्डौ – दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि शुरू भएको छ ।  नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा प्रतियोगिता शुरु भएको हो । आज पहिलो दिन पुरुष र महिला दुवैतर्फ २/२ खेल हुँदैछन् । अहिले महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच लिगको पहिलो खेल भइरहेको छ...
Read more

मिथ्या र भ्रामक समाचार फैलाएमा कारबाही गर्ने सरकारको चेतावनी

काठमाण्डौ – सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । यस्तो गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानुन बमोजिम कारबाही...
Read more

इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा राष्ट्रसंघको स्वागत

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नु भएको छ ।  महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको समय थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्त्वपूर्ण स्थान सिर्जना गर्ने बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस...
Read more

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषद्काे वैशाख ८ गतेकाे सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसाे २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
Read more

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ ।  लखनउको एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो । जवाफमा लखनउ १८ ओभरमै ११९ रनमा समेटिँदै पराजित भयो । राजस्थानका लागि रवीन्द्र जडेजाले...
Read more

सुदनलाई भित्र्याउँदै हर्क : वरिष्ठ नेता र कोसीको मुख्यमन्त्री दिने वचन

केही समयअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदबाट राजीनामा दिएका सुदन किरातीले बुधबार साधारण सदस्य समेत त्याग गरे। उनले राजीनामा दिनुको कारण खुलाएका छैनन्, न त आगामी यात्राबारे नै केही  भनेका छन्।  तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी साथ उनले राजीनामा दिएको सुदननिकट नेताहरूको भनाइ छ। हर्कले सुदनलाई पार्टीको वरिष्ठ नेता बनाउने...
Read more

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी प्रदेशसभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनको १५औँ बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत...
Read more
1 … 65 66 67 68 69 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०