"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

होर्मुजमा इरान र अमेरिकाबिच हानाहान, बढ्यो कच्चा तेलको मूल्य

Table of Content

होर्मुज स्ट्रेटमा अमेरिका र इरानबिच हानाहान भएपछि आज (शुक्रबार) बिहान एसियामा कच्चा तेलको मूल्य फेरि बढेको छ।

विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रतिब्यारेल २.६ प्रतिशत बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ।

बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो।  

इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण गरिएका जहाजमा तीन अमेरिकी विध्वंसक थिए, त्यसैले ती बिनाक्षति होर्मुजबाट निस्किए। प्रतिआक्रमणमा इरानका धेरैवटा साना डुंगा पूर्ण रूपमा नष्ट भएका छन् र अमेरिकी जहाजविरुद्ध प्रहार गरिएका मिसाइल सजिलै खसालियो।’

अर्कातर्फ इरानी सेनाले अमेरिकालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। र, कडा जवाफ दिइने चेतावनी दिएको छ।

केही हप्तादेखि इरान र अमेरिकाबिच युद्धविराम भएको भए पनि यो घटनाले फेरि युद्ध चर्किने खतरा बढेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०