"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कम तौलको तेल बेच्ने उधोगी पक्राउ

Table of Content

ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री गरेको फेला परेको छ। उद्योगबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सनफ्लावर तेल ९१ लिटर र ५०० एमएलको प्याकेटमा तोकिएको भन्दा कम तौल राखी बजार पठाउने गरेको खुलेको छ ।

विशेष सूचनाका आधारमा अपराध अनुसन्धान ललितपुरको कार्यालयले पाटन वडा नं १३ का ४३ वर्षीय सञ्चालक विजय श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।अनुसन्धानका क्रममा प्याकेजिङ्ग गरिएका तेलका प्याकेटहरूमा वास्तविक तौल कम भएको र तेल भण्डारण छापा मार्दा प्रहरीले ठुलो परिमाणमा मापदण्ड विपरीतका तेलका कार्टुनहरू बरामद गरेको छ।


प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार ललितपुरको लेले महादेव स्थानबाट २०० कार्टुन, इमाडोलबाट ५३० कार्टुन र थसिखेलबाट १७५ कार्टुन गरी जम्मा ९०५ कार्टुन छहारी तथा ओमकार ब्राण्डका सनफ्लावर तेल बरामद गरिएको छ।


पक्राउ परेका श्रेष्ठ र बरामद गरिएका सामानहरूलाई ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Bhumi-1784512738

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह

काठमाण्डौ — भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण...
Kalo-chasma_black-glass-2

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाण्डौ —राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०