"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वीरगञ्जमा अनैतिक गतिविधिको आशंकामा दुई होटलमा प्रहरी छापा, होटल सञ्चालकसहित १२ जना पक्राउ

Table of Content

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मार्दै अनैतिक क्रियाकलापमा संलग्न रहेको आशंकामा होटल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भन्सार क्षेत्रमा सञ्चालित अभिषेक होटल र अर्को एक होटलमा छापा मारेर सात जना महिला र पाँच जना पुरुषलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकामध्ये एक जना ४० वर्षीया होटल सञ्चालक महिला रहेकी छन्। पक्राउ परेकामध्ये नौ जना भारतीय नागरिक तथा तीन जना नेपाली महिला रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार ती होटलहरूमा केही दिनदेखि अनैतिक गतिविधि सञ्चालन भइरहेको भन्ने गुनासो प्राप्त भएपछि प्रहरीले गोप्य निगरानी बढाएको थियो। निगरानीका क्रममा अनैतिक क्रियाकलाप भइरहेको पुष्टि भएपछि छापा मारिएको उनले बताए।

प्रहरीले होटलमा पुगेपछि सोधपुछ तथा पक्राउ प्रक्रिया सुरु गर्ने क्रममा अर्को होटलका सञ्चालक भने फरार भएका छन्। फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको उमेर १९ देखि ४० वर्षसम्म रहेको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको र प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

RS_KTM-IMG_20260824_132639-1787571334 (1)

सामाजिक सञ्जाल, सडक हुँदै संसद्मा पनि खोजियो मृत्युदण्डको कानुन

काठमाण्डौ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् ।...
WhatsApp Image 2026-08-24 at 3.46.29 PM

राप्ती–७, वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा गरिमा चौधरीका लागि न्यायको माग

राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा आज कक्षा केजीदेखि १० सम्मका विद्यार्थीहरूले बाराको सिमरामा बलात्कारपछि...
swarnim-bulb_twYD6nUHoI

विद्युत् महसुल घटाउने सरकारको तयारी : पुनरवलोकन समितिको म्याद थपिँदै

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले...
simara-rape-accused-video_g7C0pxSeMm

सिमरा घटना : आरोपीको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा...
1787556667-qL72S

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नवलपुर : गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०