"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्र बैंकले आज ८५ अर्ब रुपैयाँ बराबरको तीन महिने निक्षेप सङ्कलन गर्दै

Table of Content

काठमाण्डौ –  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज ८५ अर्ब रुपैयाँ बराबरको तीन महिने निक्षेप सङ्कलन गर्दैछ । 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचनाअनुसार यो निक्षेप सङ्कलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ । 

निक्षेप सङ्कलनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने छ । निक्षेपको साँवा तथा ब्याज आउँदो कात्तिक १७ गते भुक्तानी गरिनेछ । 

न्यूनतम १० करोड र अधिकतम पाँच करोड गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ । केन्द्रीय बैंकले निक्षेप सङ्कलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ । 

एउटै संस्थाले फरक–फरक ब्याजदरमा एक भन्दा बढी आवेदन पनि पेस गर्न सक्ने छन् । राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बेला बेला निक्षेप सङ्कलन उपकरणमार्फत तरलता खिच्दै आएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pokhara-airport-1787662073

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन...
thumb

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री...
yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०