"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

Table of Content

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन व्यवसायीले चासो र अग्रसरता देखाएका छन् । नेपालका लागि संयुक्त अरब इमिरेटन्स (यूएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरूले पोखरा–दुबई नियमित उडानबारे छलफल गरेका हुन् ।

राजदूत अल शाम्सीसँगको भेटमा फ्लाई दुबईले शुरू गर्न लागेको पोखरा–दुबई उडान सेवाको निरन्तरता र दिगोपनाका विषयमा कुराकानी भएको भेटमा सहभागी पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । ‘पोखरा–दुबई उडानलाई कसरी प्रभावकारी र दिगो बनाउन सकिन्छ भन्नेमा हाम्रो मुख्य चासो थियो’, उहाँले भन्नुभयो, ‘यसका लागि सबै पक्षबाट आवश्यक पहल र सहकार्य अगाडि बढाउने विषयमा छलफल भयो ।’

राजदूत अल शाम्सीसँगको भेटमा नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीलगायत सहभागी थिए । केही समयअघि फ्लाई दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच पनि पोखरामा यही विषयमा छलफल भएको थियो ।

याे उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दा धेरै गन्तव्यमा पुग्न सहज हुनेछ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले गएकाे जेठमा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । शुरूमा एक महिनाका लागि मात्र दिनको एक पटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो ।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।

सन् २०२५ को मार्चमा हिमालय एअरलाइन्सले पहिलो पटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान शुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उडान सेवा अहिले राेकिएकाे छ । पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर्ड उडान भने हुँदै आएको थियो ।

पोखरा–दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सीधै पोखरा आउन सक्नेछन् । वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब देशसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ ।

विश्वकै व्यस्त र महत्त्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको सीधा हवाई पहुँच पुग्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको छ । काठमाण्डाै केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०