"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

संघीय सरकारका साढे २७ सयभन्दा बढी दरबन्दी कटौती

Table of Content

काठमाण्डौ – संघीय सरकारले आफ्नो प्रशासनिक संरचनालाई चुस्त र छरितो बनाउने उद्देश्यले गराएको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम)  सर्वेक्षणअनुसार विभिन्न तहका कुल २ हजार ७ सय ५४ दरबन्दी कटौती गरेको छ भने २ सय २९ नयाँ दरबन्दी थप गरेको छ ।

मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएपछि परराष्ट्रबाहेकका १७ मन्त्रालयमा यो नयाँ संरचना स्वीकृत भइसकेको छ । जसअनुसार अब १७ मन्त्रालयमा कुल दरबन्दी १९ हजार ६ सय ६९ मा सीमित भएको छ ।

दरबन्दी कटौतीमा १० सचिव र १ सचिवसरह विशिष्ट श्रेणीका अधिकारी परेका छन् । त्यस्तै ७२ सहसचिव, १८६ उपसचिव र ११९ शाखा अधिकृतका दरबन्दी खारेज भएका छन् । सबैभन्दा धेरै दरबन्दी कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट एक हजार ५ सय ६२ र ऊर्जा मन्त्रालयबाट ४ सय ७० वटा काटिएको छ ।

यस्तै गृह मन्त्रालयमा ९३ र नवनिर्मित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा ९० दरबन्दी थपिएका छन् । गृहको नयाँ व्यवस्थापनसँगै यसअघि सहसचिवको दरबन्दी रहेका बैतडी, डडेलधुरा, जुम्लालगायत ९ वटा पहाडी जिल्लामा अब उपसचिवस्तरका कर्मचारी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हुने भएका छन् ।

राष्ट्रिय किताबखानामा मन्त्रालयगत दरबन्दी दर्ता भइसकेको छ भने परराष्ट्र मन्त्रालयको ओएन्डएम भने अझै छलफलकै क्रममा रहेको छ । नापी, मालपोत, जिल्ला समन्वय समिति तथा स्वास्थ्य र पूर्वाधार मातहतका तल्लो निकायहरूको भने ओएन्डएम हुन बाँकी छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०