काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका–२ की ७० वर्षीया किशोरी सहनीको जलेर ज्यान गएको हो ।
गएराति भएको आगलागीबाट घरमा रहेका सामानसहित ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी र स्थानियबासिन्दाको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
