"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

Table of Content

नवलपुर : गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । ‘होम ट्युसन’ पढाउने क्रममा दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको सार्वजनिक भएपछि प्रहरीले निज शिक्षकलाई पक्राउ गरेको छ भने विद्यालयले सेवाबाट बर्खास्त गरेको छ ।

दुर्व्यवहार गर्ने शिक्षकलाई भदौ ६ गते गैंडाकोट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४६ वर्षीय मुरारी तिमिल्सिना रहेका छन् । बाल यौन दुर्व्यवहार मुद्धामा छ दिनको म्याद लिएर तिमिल्सिनामाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता अनिल पण्डितले जानकारी दिए ।

‘घटना भदौ ३ गतेतिरको रहेछ । हामीले ६ गते नियन्त्रणमा लिएर बाल यौन दुर्व्यवहार मुद्धामा अनुसन्धान गरिरहेका छौँ’, उनले भने । विद्यालयका प्राचार्य भरतबाबु कँडेलले एक विज्ञप्ति जारी गरी घटनामा संलग्न भनिएका शिक्षकलाई विद्यालयबाट तत्काल निष्कासन गरिसकिएको जानकारी दिए । विज्ञप्तिअनुसार घटना विद्यालय परिसर वा विद्यालयको नियमित समयमा नभई सम्बन्धित शिक्षकको निजी समयमा विद्यार्थीको निवासमा होम ट्युसन पढाउने क्रममा भएको हो।

‘घटनाको जानकारी पाउनासाथ विद्यालय व्यवस्थापन समिति, प्रशासन तथा आदरणीय अभिभावकहरूसँग घनिभुत छलफल गरी निज शिक्षकलाई विद्यालयको सेवाबाट तत्काल प्रभावले निष्कासन (बर्खास्त) गरिसकिएको छ’, उनले भने । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउने कार्यमा प्रहरी–प्रशासनबाट भइरहेको कानुनी अनुसन्धानमा विद्यालयको पूर्ण सहयोग र प्रतिबद्धता रहने विज्ञप्तिमा उल्लेख छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०