"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आरोपी किशोरको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल, प्रहरीले सुरु गर्‍यो छानबिन

Table of Content

काठमाडौँ — बारामा एक बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका आरोपी किशोरको बयान भन्दै सामाजिक सञ्जालमा फैलिएको छ । अनुसन्धानका क्रममा लिइएको भिडियो फेसबुक, एक्स (ट्विटर), टिकटक र रेडिटजस्ता प्लेटफर्ममा भाइरल भएपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ ।

सार्वजनिक भएको भिडियोमा आरोपी किशोरले घटनाको विवरण दिइरहेको देखिन्छ । भिडियोमा नेपाल प्रहरीका कर्मचारीले नै उक्त दृश्य खिचिरहेको प्रस्ट देख्न सकिन्छ ।

नेपालको प्रचलित कानुनले अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक गर्न रोक लगाएको छ । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १७ ले अनुसन्धानको सिलसिलामा रहेका व्यक्तिलाई सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ । 

उक्त दफामा स्पष्ट भनिएको छ, ‘कानुनबमोजिम अनुसन्धानको सिलसिलामा रहेको कुनै पनि व्यक्तिलाई लागेको कसूरका सम्बन्धमा सम्बन्धित निकायमा अभियोगपत्र दायर नभएसम्म निजलाई अधिकारप्राप्त अधिकारीले कुनै पनि तरिकाले सार्वजनिक गर्न वा गराउनु हुँदैन ।’

प्रहरीकै नियन्त्रणमा रहेको अवस्थामा गोप्य रहनुपर्ने भिडियो बाहिरिएपछि मधेश प्रदेश प्रहरीले यस विषयमा आन्तरिक छानबिन अगाडि बढाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले भिडियो चुहावट भएको घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

ads/ekantipur1440x233-3-1582026041459.jpg

‘कारबाहीका क्रममा यस्तो कार्य हुनु हुँदैनथ्यो । यो कसरी र कसको संलग्नतामा भयो भनेर हामीले खोजी गरिरहेका छौँ,’ प्रवक्ता ढकालले कान्तिपुरसँग भने, ‘यसमा संलग्न जोकोहीलाई पनि आवश्यक कारबाहीको दायरामा ल्याउँछौँ ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मिनबहादुर घलेले पनि भिडियो कसरी सर्कुलेट भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘भिडियो कसले खिच्यो र कसरी सर्कुलेट भयो भन्नेबारे हामीले पनि छानबिन गरिरहेका छौँ ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले पनि भिडियो सार्वजनिक हुनु गलत भएको बताएका छन् । ‘बलात्कार र हत्या जस्तो गम्भीर अपराधको अनुसन्धान र कानुनी प्रक्रिया चलिरहेको छ भने अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक हो । सत्य बाहिर आउनुपर्छ, दोषीले कानुनअनुसार सजाय पाउनुपर्छ । तर अदालतले फैसला नगर्दै नाबालकको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु न्यायको प्रक्रिया होइन ।हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन, पीडितको पीडा ‘कन्टेन्ट’ होइन । अभियुक्तको बयान ‘भाइरल सामग्री’ होइन,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०