"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

Table of Content

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ ।

विवाद बढेपछि सरकारले छनोट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई २५ वटा मुख्य म्यानपावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ ।

मलेसियाको प्रणालीमा २५ कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै २५० नेपाली म्यानपावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विषयसमेत विवादमा परेको छ । सरकारले सीमित कम्पनीमार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ ।

नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्वस्वीकृति प्रक्रियामा समेत रोकिएको छ । समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढाइएको सरकारले जनाएको छ ।

उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानुनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यासअनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो । नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समितिमार्फत समाधान गर्नुपर्ने अडान राखेको छ ।

यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणालीअनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ । मलेसियामा झण्डै चार लाख नेपाली कार्यरत छन् ।

त्यसैले सीमित म्यानपावर कम्पनी छनोटको विवाद व्यवसायीबीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोडिएको छ । कूटनीतिक संवाद र सरकारी छानबिनबाट समयमै समाधान निकाल्न नसके नयाँ श्रमिक मलेसिया जाने प्रक्रिया थप प्रभावित हुने जोखिम बढेको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०