"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

तमिलनाडुमा कम आय भएका परिवारलाई वार्षिक तीनवटा निःशुल्क ग्यास सिलिन्डर दिने मुख्यमन्त्रीको घोषणा

Table of Content

काठमाडौँ — भारतको तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक २.५ लाख भारुभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा तीनवटा निःशुल्क एलपीजी सिलिन्डर उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन् ।

‘अन्नपूर्णी सुपर सिक्स’ नाम दिइएको यो योजना सन् २०२७ देखि कार्यान्वयनमा आउनेछ । यसबाट करिब १ करोड ३० लाख परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

योजनाअन्तर्गत योग्य लाभग्राहीले खरिद गरेका तीनवटा एलपीजी सिलिन्डरको रकम सीधै उनीहरूको बैंक खातामा जम्मा गरिनेछ । यसका लागि राज्य सरकारलाई वार्षिक करिब ४ हजार करोड भारु खर्च हुने अनुमान गरिएको छ।

योजना घोषणा गर्दै विजयले खाडी क्षेत्रमा जारी युद्धका कारण खाना पकाउने ग्यासको अभाव हुनुका साथै सिलिन्डरको मूल्य बढ्दा परिवारमाथि थप आर्थिक भार परेको बताए ।

‘यसलाई ध्यानमा राख्दै आर्थिक रूपमा कठिन अवस्था हुँदाहुँदै पनि जनताको आर्थिक भार कम गर्न, उनीहरूको हित संरक्षण गर्न र जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्न सरकारले खाना पकाउने ग्यास सिलिन्डरमा खर्च भएको रकम उपलब्ध गराउने निर्णय गरेको छ ,’ उनले विधानसभामा भने ।

निर्वाचनको तयारीका क्रममा विजय नेतृत्वको तमिलागा वेत्री कझगम (टीभीके) ले वर्षमा ६ वटा निःशुल्क एलपीजी सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

महिलाका लागि निःशुल्क बस 
मुख्यमन्त्री विजयले  महिलालाई लक्षित गर्दै निःशुल्क बस यात्राको दायरा विस्तार गर्ने पनि घोषणा गरेका छन्।

उनका अनुसार अब महिलाका लागि लागू निःशुल्क बस यात्रा सरकारी बस, एक्सप्रेस र डिलक्स बसमा समेत लागू हुनेछ । निःशुल्क यात्रा सुविधा लिन महिलाका लागि आयको सीमा वा यात्राको संख्यामा कुनै सीमा नतोकिने उनले बताए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०