"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगर वडा नं–११, मङ्गलपुरस्थित कानुङ मगर समाजको वार्षिक साधारण सभा

Table of Content

रत्न्नगर । रत्ननगर वडा नं–११, मङ्गलपुरस्थित कानुङ मगर समाजको प्रथम वार्षिक साधारण सभा आइतबार गरिएको छ । समाजका अध्यक्ष नरबहादुर किजिम मगरको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल मगर समाज जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर रानामगरले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले भाषा संरक्षणमा जोड दिएका थिए । भाषा लोप भए जातीय पहिचान हराउँदै जाने भन्दै उनीहरुले नयाँ पुस्तालाई भाषाको पर्याप्त ज्ञान हुनुपर्नेमा जोड दिएका थिए ।
नेपाल मगर समाज जिल्ला समन्वय समितिका सचिव विष्णुबहादुर आलेमगरले आधुनिकताको प्रभावले परम्परागत संस्कृति हराउँदै गएको भन्दै जातीय पहिचान र परम्परागत भाषा जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । आन्तरिक एकताले मात्र परम्परागत भाषा, संस्कृति जोगिने भन्दै उनले युवापुस्ता यसप्रति सकारात्मक हुन जरूरी रहेको बताए ।

कानुङ मगर समाजका अध्यक्ष रानामगरले वार्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम र कोषाध्यक्ष वीरबहादुर थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा मगर समुदायको कला–संस्कृति र भाषा संरक्षणमा योगदान गरेको भन्दै पूर्वअध्यक्ष हर्कबहादुर सारूमगर, उपाध्यक्ष कौशिला थापामगर, कोषाध्यक्ष यामबहादुर रानामगर र सदस्यहरु धनबहादुर रानामगर, सीता आलेमगर, सीता थापामगर, सरस्वती बराई मगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ नगर समितिका अध्यक्ष रामबहादुर रानामगर, नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति सदस्य पार्वतीदेवी मगर, वडा नं–११ का वडा सदस्य हर्कबहादुर सारूमगरलगायतले मन्तव्य राखेका थिए । कानुङ मगर समाजकी उपाध्यक्ष नीरा रानामगरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव नवराज मगरले सञ्चालन गरेका थिए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०