"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा एक महिनामा तीन जनामा जापानिज एन्सेफलाइटिसको सङ्क्रमण

Table of Content

भरतपुर । चितवन जिल्ला जापानिज एन्सेफलाइटिस (जेई)को उच्च जोखिममा रहेको छ । चितवनलगायत तराईका ३६ जिल्लामा जेई फैलिएको छ । साउनदेखि यता डेढ महिनामा देशभर २१ जनाको मृत्यु भइसकेको छ । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीका अनुसार तराईका विभिन्न जिल्लामा जापानिज एन्सेफलाइटिस सङ्क्रमण बढिरहेको छ, चितवन पनि उच्च जोखिममा छ, त्यसैले जिल्लामा अत्यन्तै सजगता अपनाउनुपर्ने देखिएको छ ।

‘यस आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा तीन जनामा जापानिज एन्सेफलाइटिसको सङ्क्रमण देखिएको छ’, भेक्टर कन्ट्रोल निरीक्षक केसीले भने, ‘यही अनुपातमा सङ्क्रमणको दर कायम भयो भने पनि सङ्क्रमण संख्या उच्च हुन्छ, त्यसैले सजगता अपनाउनुपर्छ ।’ जेईबाट नयाँ सङ्क्रमित भएका एक जना माडी नगरपालिकाका हुन् । दुई जना भरतपुर महानगरका हुन् । तीन जना चिकित्सकको निगरानीमा छन् ।

जनस्वास्थ्य कार्यालयका अनुसार सन् २०२१ देखि २०२५ सम्ममा चितवनमा छ जनाले जेईका कारण ज्यान गुमाएका छन् । सन् २०२४ मा एक जना र २०२५ मा पाँच जनाले ज्यान गुमाएका हुन् । गत आर्थिक वर्ष २०८२/०८३ मा चितवनका १६ जनामा जेई सङ्क्रमण भएको थियो । ‘साउन, भदौ, असोज र कार्तिक यी चार महिना जेई सङ्क्रमणको उच्च जोखिम हुने महिना हो’, केसीले भने, ‘तराईदेखि पूर्वका जिल्लामा उच्च गतिमा फैलिएको जेई सङ्क्रमणबाट बच्न सजगता अपनाउनुपर्ने छ ।’

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केसीले गत वर्ष वैशाखमा जेईविरूद्ध चितवनमा खोप लगाइएको र यस आर्थिक वर्षमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिने बताए । चितवनलाई पनि उच्च जोखिममा राखेर खोप अभियान चलाउन लागेको उनले बताए ।

जापानिज इन्सेफलाइटिस साँझपख वा झिसमिसे बिहानीमा बढी सक्रिय हुने क्युलेक्स स्पेसिसले सङ्क्रमित सुँगुर, बङ्गुर, हाँस वा जङ्गली चरालाई टोकेर मानिसमा सर्ने रोग हो । यसबाट कृषि क्षेत्र बढी प्रभावित हुने भएकोले काम गर्दा सजगता अपनाउन आवश्यक छ । प्रकोपप्रभावित क्षेत्रमा यात्रा गर्ने तथा १५ वर्षमुनिका बालबालिकामा पनि बढी जोखिम हुने भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए ।

शरीर कमजोर तथा कम्पन हुनु, उच्च ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु, अर्धचेत वा बेहोस हुनु आदि जापानिज इन्सेफलाइटिसका लक्षण हुन् । यस्तो समस्या देखिएमा तुरून्त स्वास्थ्यकर्मीको सम्पर्कमा पुगिहाल्न पनि उनले सुझाव दिए ।

खोपसँगै सङ्क्रमण घटाउन जनचेतना अभियान, सरसफाइमा सुधार र व्यवहार परिवर्तन पनि महत्त्वपूर्ण रहेको केसी बताउँछन् । जेई लामो समयदेखि नेपालमा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहँदै आएको छ । सन् २००५ मा नेपालमा जेईबाट करिब दुई हजार जनाको मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश तराईका जिल्लाका बालबालिका थिए । जेईलाई उच्च घातक सङ्क्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ ।

तथ्याङ्कअनुसार जेईको सङ्क्रमितमध्ये ३० प्रतिशतको मृत्यु भइरहेको छ । ५० प्रतिशतसम्ममा प्यारालाइसिस वा अन्य न्युरोलोजिकल समस्या हुन्छ । यदि उपचार गरेर बचाउन सकियो भने पनि यीमध्ये झन्डै ५० प्रतिशतमा जीवनभर नसासँग सम्बन्धित अपाङ्गता पनि गराउन सक्छ ।

कम्पन आइरहने, सुन्ने शक्ति वा दृष्टि गुम्ने, बोल्ने क्षमता अनि स्मृतिमा ह्रास हुने, बोली कमजोर हुने, हातखुट्टा लुला हुनेजस्ता समस्या देखिन सक्छन् । २० देखि ३० प्रतिशतको हाराहारीमा बिरामी भने पूर्णरुपमा निको हुने गर्छन् ।

सङ्क्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरू हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, अन्योलमा देखिनु, मांसपेशी कडा हुनु, अचेत हुनु र उपचारमा विलम्ब भए मृत्युसमेत हुन्छ । यसको विशेषगरी एन्टिभाइरल औषधि भने हुँदैन ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०