"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुधन गुरुङको सम्पत्ति विवरण माग्दै छानबिन समितिद्वारा बैंक, मालपोत र धितोपत्र बोर्डमा पत्राचार

Table of Content

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले विभिन्न कार्यालयलाई पत्राचार गर्दै विवरण माग गरेको छ। सोमबार बसेको समितिको पहिलो बैठकले सुरुमा विवरण संकलन गर्ने र त्यसपछि गुरुङसँग सोधपुछ गरी प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। 

‘हिजो र आज (मंगलबार र बुधबार) विभिन्न कार्यालयलाईं पत्राचार गरिएको छ। अब विवरण संकलन भएपछि माननीयज्यूलाई बोलाएर सोधपुछ गर्छौँ। अनि जे देखिन्छ, त्यही लेखेर बुझाउँछौँ,’ समितिका एक सदस्यले भने, ‘विवादित विषयहरू जे–जे छन्, ती सबै निकायबाट विवरण संकलन गरेर छानविन गर्छौँ।’


सेयरको बारेमा धितोपत्र बोर्ड, मालपोत कार्यालय र बैंकहरूमा समितिले पत्राचार गर्दै विवरण माग गरेको हो। आवश्यक परे थप कार्यालयमा समेत पत्र पठाउनु पर्ने हुनसक्ने ती सदस्यले बताए। 

मन्त्री भएर सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गुरुङ विवादमा तानिएका हुन्। सुरुमा उनीसँग हदबन्दी भन्दा बढी जग्गा रहेको खुलेको थियो। यस्तै पछिल्लो समय अस्वाभाविक सम्पत्ति जोडेको विवरण पनि सार्वजनिक भएका छन्। 

विवादित व्यवसायी दीपक भट्ट संलग्न कम्पनीमा संस्थापक सेयर रहेको पाइएपछि उनले राजीनामा दिएका थिए। भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

प्रहरीको अनुसन्धानमा रहेका व्यक्तिसँग गृहमन्त्रीको कनेक्सन देखिएपछि सार्वजनिक रुपमा प्रश्न उठेको थियो। त्यसअघि पनि उनी सम्पत्ति विवरणकै कारण प्रश्नको घेरामा परेका थिए। 

राजीनामा दिएको लामो समयपछि मात्रै सरकारले उनीविरुद्ध छानबिन समिति गठन गरेको थियो। 

चैत १३ गते मन्त्री बनेका गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए। वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्। 

सुरुमा गुरुङ जोडिएका विषयमा सम्बन्धित कार्यालयबाट पत्राचार गरेर कागजात झिकाइएको हो। 

‘सेयरको विषयमा, जग्गाको विषयमा, बैंकिङ कारोबारका विषयमा हामीले विवरण माग गरिसकेका छौँ। अब आएपछि थप अध्ययन र बयान लिने काम हुन्छ,’ ती समिति सदस्यले भने। 

गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका प्रश्नका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र सरकार समक्ष राय सुझावसहित प्रतिवेदन बुझाउन समितिलाई भनिएको छ। 

राजीनामा दिँदै उनले सामाजिक सञ्जालमा पनि आफ्नो सेयर लगानी लगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रुपमा लिएको बताएका थिए। आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखिओस् भन्ने उदेश्यले आफूले राजीनामा दिएको प्रतिक्रिया दिएका थिए।

समिति बनिसकेपछि पनि उनले निष्पक्ष छानबिन हुने र दोषी पाइए आफूलाई सरकारले नजोगाउने प्रतिक्रिया दिएका थिए। यता प्रधानमन्त्री बालेन्द्र शाहले भने सुधनले राजीनामा दिएपछि रिक्त भएको गृह मन्त्रालय आफैँले होल्ड गरेका छन्। 

छानबिनपछि मात्रै मन्त्रीको टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ। छानबिनबाट निर्दोष सावित भए सुधनलाई नै ल्याउने बालेनको तयारी छ। 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०