"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा जनकको तीन करोडको पाठ्यपुस्तक बिक्री

Table of Content

भरतपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले चितवन जिल्लामा मात्रै तीन करोड रूपैयाँभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरेको छ । एक महिनाको अवधिमा (चैत १६ देखि वैशाख १७ सम्म) नेपाली र अंग्रेजी माध्यम गरी तीन करोड १० लाख रूपैयाँबराबरको पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख धनबहादुर केसीले बताए ।

उनका अनुसार चितवनमा अंग्रेजी माध्यमका ४४ हजार २६३ थान, नेपाली माध्यमका १७ लाख ६७ हजार ८८ थान पुस्तक बिक्री भएको छ । ‘चैत १६ देखि पुस्तक बिक्री खुलाएका थियौँ, जसले जति पुस्तक मागे पनि दिइरहेका छौँ, कुनै पुस्तकको अभाव छैन’, कार्यालय प्रमुख केसीले भने ।

जनक शिक्षाले निकालेको कक्षा ३ देखि १२ सम्मको पुस्तक बिक्री गरिरहेको छ । यसपटक जनकले गत वर्षजसरी कक्षा ४, १ र २ को पाठ्यपुस्तक निकालेन । ‘गत वर्षको तुलनामा चितवनमा जनकको पुस्तक बिक्री यसवर्ष बढेको छ’, प्रमुख केसीले भने, ‘गत वर्ष शैक्षिक सत्रको अवधिमा एक महिनामा चितवन जिल्लामा अढाई करोड रूपैयाँबराबरको पुस्तक बिक्री भएको थियो, अहिले तीन करोड कटिसक्यो, अझै पनि बिक्री भइरहेको छ ।’

चितवनका ९१ व्यवसायीहरुले जनकको पुस्तक खरिद गरेका छन् । जनकको कार्यालयमा ९४ व्यवसायी सूचीकृत भए पनि ९१ व्यवसायीले मात्र पुस्तक खरिद गरेका थिए । जनकसँग सूचीकृत भएका व्यवसायीहरु सबैभन्दा बढी चितवनमा छन् । शैक्षिक सत्र सुरू भइसकेको छ । शैक्षिक सत्र सुरू हुनु १५ दिनअगावै जनकको पुस्तक व्यवसायीकहाँ पुग्न थालेको थियो ।

‘चितवनमा अझै छिटपुट किताब व्यवसायीले लगिरहेका छन्, तर अब बिक्री ज्यादै कम हुन्छ । माडी र इच्छाकामनामा पाठ्यपुस्तक कम गएको छ, त्यहाँ विद्यार्थी पनि कम छन् । सबैभन्दा बढी भरतपुर महानगरमा गयो’, प्रादेशिक कार्यालय भरतपुरका सूचना अधिकारी केदारराज विष्टले भने । उनका अनुसार मकवानपुर, पर्सा, बारामा त व्यवसायी पुस्तक खरिदका लागि भरतपुर आउनै नपर्ने वातावरण बनाइयो । जनकले उनीहरुको व्यवसाय गर्ने स्थानमै पुस्तक पुर्‍याएको विष्टले बताए ।

कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार प्रादेशिक कार्यालय भरतपुरबाट पूर्वी तनहुँका आँबुखैरहनी, देवघाट गाउँपालिका र नवलपरासीको पूर्वी क्षेत्र, बारा, पर्सा, रौतहट र मकवानपुरसम्म पाठ्यपुस्तक जान्छ । सबैभन्दा बढी पुस्तक रौतहट जिल्लामा बिक्री हुन्छ ।

गत वर्षजसरी यसपटक पनि कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री गरेको थियो । प्रादेशिक कार्यालय भरतपुरले सात जिल्लामा यस शैक्षिक सत्रको एक महिनाको अवधिमा १६ करोड ६० लाख रूपैयाँबराबरको पुस्तक बिक्री गरिसकेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०