"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भाषा संरक्षणमा राज्यको लापर्बाही : जनजाति आयोग

Table of Content

भरतपुर । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले भाषाको विषयमा राज्य गम्भीर नबनेको बताएका छन् । बागमती प्रदेश र गण्डकी प्रदेशमा सरकारी कामकाजीको भाषा भनेर घोषणा गरे पनि त्यसलाई कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको उनले बताए । कार्यान्वयनमा सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने उनको सुझाव छ ।

भाषालाई कार्यान्वयनमा ल्याउने विषयमा राज्यले लापर्बाही गरे पनि जनस्तरबाट पहल भने आवश्यक रहेको उनले बताए । ‘भाषाको विषयमा राज्यको जिम्मेवारी लापर्बाहीपूर्ण छ, त्यसमा हामीले पनि जिम्मेवारीबोध गरेनौँ’, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले आइतबार भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आयोगका अध्यक्ष थापामगरले भने, ‘राज्यको निकायबाट हामी अझै पनि पछाडि छौँ, त्यसकारण राज्य निरङ्कुश भयो भन्दैमा हामी चुप लागेर बस्न हुँदैन ।’

सरकारले बागमती प्रदेशमा तामाङ र नेवार, गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिएको छ । तर, त्यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन । त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि जनस्तरबाटै दबाबको आवश्यकता रहेको उनले बताए । ‘यसमा तपाईं, हामी सबै मिलेर सरकारलाई दबाब दिनुपर्छ’, उनले भने, ‘नबोलेसम्म केही हुँदैन, त्यसकारण बोल्नुपर्छ ।’

सरकारले कुनै समय आदिवासी जनजाति समुदायलाई ‘मासिन्या’ र ‘नमासिन्या’ जाति भनेर विभेद गरेको भन्दै त्यसको असर अझै पनि कता–कता परेको महसुस भएको उनको भनाइ छ । जनजाति समुदायको भाषा संरक्षण र संवद्र्धन, अधिकार संरक्षण तथा प्रवद्र्धन, नीति तथा कानुनसम्बन्धी सिफारिस, त्यसको कार्यान्वयन र अनुगमन, अध्ययन, अनुसन्धान तथा तथ्याङ्क सङ्कलनजस्ता विषयलाई केन्द्रमा राखेर गठन भएको आयोग संवैधानिक आयोग भएको बताउँदै उनले थपे, ‘२०७७ सालमा आयोगले पूर्णता पाएपछि बल्ल हामीले राज्यको निकायलाई खबरदारी गर्ने बलियो आधार पाएका छौँ ।’

यस्तो सुविधा पाएको समयमा आदिवासी जनजाति समुदायले आफ्नो हकअधिकार खोज्न अघि सर्नुपर्ने उनले बताए । ‘कतिपयले वर्तमान सरकारले यो आयोग खारेज गरिदिन्छ पनि भनेको सुनेको छु’, उनले भने, ‘यो संवैधानिक आयोग भएकोले सरकारले चाहँदैमा हटाउन सक्दैन ।’ आयोगले आदिवासी जनजाति समुदायको हकअधिकारका लागि संविधान संशोधनको प्रस्तावसमेत गर्न सक्ने हुँदा आफैँ कानुन निर्माण गर्ने निकाय नभए पनि प्रस्ताव राख्न पाउने सुविधा भएको उनले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) सङ्घीय समितिका उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले आदिवासी जनजाति समुदाय वर्तमान अवस्थासम्म आइपुग्दा पनि राज्यको हरेक निकायबाट पछाडि नै रहेको बताए । चितवन जिल्लाको सातवटा पालिकामध्ये सबैभन्दा ठूलो स्थानीय तहको रुपमा रहेको भरतपुर महानगरपालिकाबाटै आदिवासी जनजाति समुदायमाथि विभेद भएको उनले बताए । ‘बरू माडीले आदिवासी जनजाति समुदायका लागि बजेट छुट्याएर काम गर्दै आएको छ, किनकि त्यहाँ आदिवासी जनजाति समुदायबाट जनप्रतिनिधि छन्’, उनले भने, ‘भरतपुरमा त हाम्रो कोही छैनन् अनि कसले बुझ्छ हाम्रो कुरा ?’

आदिवासी जनजाति समुदायलाई आदिवासी जनजाति आयोगको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउने उद्देश्यका साथ अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चिवनका अध्यक्ष सागर कुमालले बताए । कार्यक्रममा जिल्लाभरका १६ आदिवासी जनजाति समुदायको संस्थागत उपस्थिति थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०