"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भाषा संरक्षणमा राज्यको लापर्बाही : जनजाति आयोग

Table of Content

भरतपुर । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले भाषाको विषयमा राज्य गम्भीर नबनेको बताएका छन् । बागमती प्रदेश र गण्डकी प्रदेशमा सरकारी कामकाजीको भाषा भनेर घोषणा गरे पनि त्यसलाई कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको उनले बताए । कार्यान्वयनमा सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने उनको सुझाव छ ।

भाषालाई कार्यान्वयनमा ल्याउने विषयमा राज्यले लापर्बाही गरे पनि जनस्तरबाट पहल भने आवश्यक रहेको उनले बताए । ‘भाषाको विषयमा राज्यको जिम्मेवारी लापर्बाहीपूर्ण छ, त्यसमा हामीले पनि जिम्मेवारीबोध गरेनौँ’, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले आइतबार भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आयोगका अध्यक्ष थापामगरले भने, ‘राज्यको निकायबाट हामी अझै पनि पछाडि छौँ, त्यसकारण राज्य निरङ्कुश भयो भन्दैमा हामी चुप लागेर बस्न हुँदैन ।’

सरकारले बागमती प्रदेशमा तामाङ र नेवार, गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिएको छ । तर, त्यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन । त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि जनस्तरबाटै दबाबको आवश्यकता रहेको उनले बताए । ‘यसमा तपाईं, हामी सबै मिलेर सरकारलाई दबाब दिनुपर्छ’, उनले भने, ‘नबोलेसम्म केही हुँदैन, त्यसकारण बोल्नुपर्छ ।’

सरकारले कुनै समय आदिवासी जनजाति समुदायलाई ‘मासिन्या’ र ‘नमासिन्या’ जाति भनेर विभेद गरेको भन्दै त्यसको असर अझै पनि कता–कता परेको महसुस भएको उनको भनाइ छ । जनजाति समुदायको भाषा संरक्षण र संवद्र्धन, अधिकार संरक्षण तथा प्रवद्र्धन, नीति तथा कानुनसम्बन्धी सिफारिस, त्यसको कार्यान्वयन र अनुगमन, अध्ययन, अनुसन्धान तथा तथ्याङ्क सङ्कलनजस्ता विषयलाई केन्द्रमा राखेर गठन भएको आयोग संवैधानिक आयोग भएको बताउँदै उनले थपे, ‘२०७७ सालमा आयोगले पूर्णता पाएपछि बल्ल हामीले राज्यको निकायलाई खबरदारी गर्ने बलियो आधार पाएका छौँ ।’

यस्तो सुविधा पाएको समयमा आदिवासी जनजाति समुदायले आफ्नो हकअधिकार खोज्न अघि सर्नुपर्ने उनले बताए । ‘कतिपयले वर्तमान सरकारले यो आयोग खारेज गरिदिन्छ पनि भनेको सुनेको छु’, उनले भने, ‘यो संवैधानिक आयोग भएकोले सरकारले चाहँदैमा हटाउन सक्दैन ।’ आयोगले आदिवासी जनजाति समुदायको हकअधिकारका लागि संविधान संशोधनको प्रस्तावसमेत गर्न सक्ने हुँदा आफैँ कानुन निर्माण गर्ने निकाय नभए पनि प्रस्ताव राख्न पाउने सुविधा भएको उनले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) सङ्घीय समितिका उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले आदिवासी जनजाति समुदाय वर्तमान अवस्थासम्म आइपुग्दा पनि राज्यको हरेक निकायबाट पछाडि नै रहेको बताए । चितवन जिल्लाको सातवटा पालिकामध्ये सबैभन्दा ठूलो स्थानीय तहको रुपमा रहेको भरतपुर महानगरपालिकाबाटै आदिवासी जनजाति समुदायमाथि विभेद भएको उनले बताए । ‘बरू माडीले आदिवासी जनजाति समुदायका लागि बजेट छुट्याएर काम गर्दै आएको छ, किनकि त्यहाँ आदिवासी जनजाति समुदायबाट जनप्रतिनिधि छन्’, उनले भने, ‘भरतपुरमा त हाम्रो कोही छैनन् अनि कसले बुझ्छ हाम्रो कुरा ?’

आदिवासी जनजाति समुदायलाई आदिवासी जनजाति आयोगको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउने उद्देश्यका साथ अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चिवनका अध्यक्ष सागर कुमालले बताए । कार्यक्रममा जिल्लाभरका १६ आदिवासी जनजाति समुदायको संस्थागत उपस्थिति थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुकुम्बासी बस्तीमा डोजर लगाएपछि प्रमाणीकरण गर्दै सरकार, ‘नक्कली भेटिँदै’

काठमाण्डू उपत्यकाका सार्वजनिक जग्गामा बनाइएका ‘सुकुम्बासी बस्ती’ डोजर लगाएर भत्काइएपछि सरकारले सक्कली र नक्कली सुकुम्बासी छुट्ट्याउने काम अघि बढाएको छ। विस्थापितहरू भूमिहीनका रूपमा आफूलाई दर्ता गराउँदै सरकारले उपलब्ध गराएको अस्थायी आश्रयमा पुग्ने क्रम चलिरहँदा सरकारले पुरानो तथ्याङ्कलाई आधार बनाएर पहिचानको काम पनि गरिरहेको अधिकारीहरूले जनाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद...

रास्वपाले बोलायो दलको बैठक, काठमाडौंमा रहेका सांसदलाई उपस्थित हुन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन् ।  “राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफल (पार्टी सभापतिसमेत) हुने भएकाले काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ,” रास्वपा प्रवक्ता मनिष झाले भनेका छन् ।  बैठक बिहान ११ बजे रास्वपा संसदीय...

ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को जारी शृंखलामा ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर ब्याटिङ राजेका हुन् ।  नेपाल शृंखलामा लागातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो ।  लिगमा २१ खेल खेलेको...

भारत र चीनका रक्षामन्त्रीबिच भेटवार्ता

भारतका रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनसँग भेट गरेका छन्। सो भेटमा उनले वास्तविक नियन्त्रण रेखा अर्थात लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा शान्ति र स्थिरता कायम राख्ने तथा पश्चिम एसियाको संकटसहित क्षेत्रीय सुरक्षाका विषयमा छलफल गरेका थिए। किर्गिस्तानको बिश्केकमा जारी सांघाई सहयोग संगठन (एससीओ) का रक्षा मन्त्रीहरूको सम्मेलनका अवसरमा...

बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु

बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पर्यटकीय ठाउँ पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर बेलबासमाथिको भ्यू टावरनजिकै अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको हो ।  मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०