"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जग्गा तथा आवास व्यवसायमा समस्यैसमस्या

Table of Content

भरतपुर । घरजग्गा तथा आवास व्यवसाय क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरुले राज्यको नीतिका कारण आत्मबल कमजोर बन्दै गएको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको चौथो महासभाका क्रममा बोल्ने व्यवसायीहरुले वित्तीय पहुँचमा कठिनाइ, कित्ताकाटको समस्या, कानुनी प्रक्रिया असहजजस्ता विषयले व्यवसायीको आत्मबल कमजोर भएको बताएका हुन् ।

सम्भावना धेरै भएर पनि सरकारले व्यवसायीसँग आवश्यक परामर्श र समन्वय नगरिदिँदा समस्या धेरै भएको महासंघका उपाध्यक्ष पुरूषोत्तम पौडेलले बताए । चितवनजस्तो दिगो विकासमा सम्भावित जिल्लामा लगानी गर्ने वातावरण सिर्जना गरिदिने हो भने देशको अर्थतन्त्र अझ उकासिने उनको भनाइ छ । ‘विश्वभर बस्दै आएका नेपालीले देशभित्रै लगानी गर्ने लक्ष्य राखेका छन् । तर, राज्यले उचित वातावरण नबनाइदिँदा लगानी गर्न डराउनु परेको छ’, उनले भने ।

महासंघका अर्का उपाध्यक्ष दीपक कुँवरले व्यावहारिकरुपमा अघि बढ्न सरकारले हदबन्दी सीमा बाँधेर राख्न नहुने बताए । सरकारले हदबन्दी छूटको व्यवस्था गर्नुपर्ने उनले बताए । ‘जग्गा किनबेचका लागि कित्ताकाटको समस्याले सबै अन्योलमा छन्’, उनी भन्छन्, ‘यसले व्यवसायीको आत्मबल कमजोर बनाएको छ, त्यसलाई बलियो बनाउन सरकारले ध्यान दिनुपर्छ ।’

अर्को कुरा, विदेशी नागरिकलाई अपार्टमेन्ट दिलाउने व्यवस्था गर्न सके त्यसबाट राज्यले राम्रो आम्दानी गर्न सक्ने हुँदा घरजग्गा कारोबार गर्ने व्यवसायीलाई हात बाँध्ने काम नगर्न उनले आग्रह गरे ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउनमा मुख्य भूमिका खेले पनि सरकारी क्षेत्रबाट पाउनुपर्ने सहयोग नपाउँदा धेरैले दुःख पाएको महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे बताउँछन् । ‘सरकारी नीतिकै कारण व्यवसायी मर्कामा छन् । यस्तो अवस्थामा सरकारले व्यावहारिक पाटोमा पनि नजर लगाउनुपर्छ’, उनी भन्छन्, ‘किनकि देशभित्रै रोजगारी दिलाउने र सरकारको राजस्व सङ्कलनमा ठूलो भूमिका खेल्दै आएको व्यवसायलाई सही नजरबाट हेरिनुपर्छ ।’

व्यवसायीले पनि जग्गा तथा आवास व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको उनले बताए । घरजग्गा व्यवसायको क्षेत्रलाई पनि उद्योगको रुपमा मान्यता दिलाउने योजनाअनुसार महासंघले काम गर्दै आएको उनले बताए ।

महासंघका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले देशलाई आधुनिक सहर (स्मार्ट सिटी) बनाउने जिम्मा घरजग्गा तथा आवाससम्बन्धी काम गर्ने व्यवसायीलाई जिम्मा लगाउनुपर्ने सुझाव दिए । लामो समयदेखि स्मार्ट सिटीको नारा लगाउँदै आए पनि नारामा मात्रै सीमित भएको भन्दै त्यस्तो कामका लागि दक्षता प्राप्त क्षेत्रलाई जिम्मा दिनुपर्ने उनले बताए । भरतपुरमा पनि स्मार्ट सिटी बनाउने ठाउँ भए देखाइदिन उनले आग्रह गरे ।

ठगिनबाट जोगिऊँ ः प्रहरी
चितवन प्रहरीले घरजग्गाको कारोबार गर्दा मर्यादित र विश्वसनीय भएर गर्नुपर्ने सुझाव दिएको छ । चितवन प्रहरीमा आएको निवेदन हेर्दा विगत ९ महिनामा एक हजार ६०० निवेदन दर्ता हुँदा घरजग्गा तथा शान्तिसुरक्षासम्बन्धी विषयमात्रै सात सयको सङ्ख्यामा रहेको चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । त्यसमध्ये पनि एक सयवटा निवेदन घर जग्गाको बैना गरेर पछि कारोबार नमिलाएको विषयको भएको उनले बताए ।

‘घरजग्गा हे¥यो । कुरा मिल्यो, बैना ग¥यो । तर पछि घरजग्गा पनि नदिने, बैना रकम पनि फिर्ता नगर्ने समस्या समाजमा व्याप्त छ । यसलाई कम गराउने गरी काम गर्नु आवश्यक छ’, प्रहरी प्रमुख पुरीले भने । समाजमा अपराधको शृङ्खला नै घरजग्गा कारोबारबाट सुरू भएको कतिपय घटनाले देखाएको भन्दै यस व्यवसायलाई पारदर्शी र मर्यादित बनाउन आवश्यक रहेको उनले बताए ।
अर्को कुरा, घरजग्गाको विषयमा बिचौलियाको बिगबिगीले सेवाग्राही आजित बन्ने गरेको घटना पनि प्रहरी प्रमुख पुरीले सुनाए । ‘घरजग्गा हेर्न बीस जना जान्छन्, भोलि मन परेमा लिन्छन् एउटाले । तर, बाँकी १९ जनाले म पनि हेर्न गएको थिएँ, मेरो भाग खोइ भन्ने गरेको तथ्य पाइएको छ’, उनी थप्छन्, ‘यस्तो विकृतिको अन्त्य कहिले हुन्छ ?’

भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले भने समाज रुपान्तरणका लागि सबैले सत्मार्गको यात्रा गर्न आवश्यक रहेको बताए । हरेक क्षेत्रमा सकारात्मक तथा नकारात्मक विषय हुने भन्दै नकारात्मक विषयलाई ध्यान नदिई काम गर्ने हो भने समाजमा व्याप्त कुरीतिको जालो बिस्तारै तोडिँदै जाने उनले बताए । ‘सबैको साथ र सहयोगमा मात्रै समाज रुपान्तरण सम्भव छ’, उनले भने ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

819236742_1825159655136456_370711856341093373_n-1789994601

शुक्रबारदेखि आइतबारसम्म मुसलधारे वर्षाको सम्भावना : यी जिल्लामा बढी जोखिम

काठमाण्डौ – आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा मुसलधारे र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना...
PM-1788659805

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ...
Prayatan-1790041336

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब...
Typhone-1790036571

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा...
Nepal-Bhutan-1790043434

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०