"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जग्गा तथा आवास व्यवसायमा समस्यैसमस्या

Table of Content

भरतपुर । घरजग्गा तथा आवास व्यवसाय क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरुले राज्यको नीतिका कारण आत्मबल कमजोर बन्दै गएको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको चौथो महासभाका क्रममा बोल्ने व्यवसायीहरुले वित्तीय पहुँचमा कठिनाइ, कित्ताकाटको समस्या, कानुनी प्रक्रिया असहजजस्ता विषयले व्यवसायीको आत्मबल कमजोर भएको बताएका हुन् ।

सम्भावना धेरै भएर पनि सरकारले व्यवसायीसँग आवश्यक परामर्श र समन्वय नगरिदिँदा समस्या धेरै भएको महासंघका उपाध्यक्ष पुरूषोत्तम पौडेलले बताए । चितवनजस्तो दिगो विकासमा सम्भावित जिल्लामा लगानी गर्ने वातावरण सिर्जना गरिदिने हो भने देशको अर्थतन्त्र अझ उकासिने उनको भनाइ छ । ‘विश्वभर बस्दै आएका नेपालीले देशभित्रै लगानी गर्ने लक्ष्य राखेका छन् । तर, राज्यले उचित वातावरण नबनाइदिँदा लगानी गर्न डराउनु परेको छ’, उनले भने ।

महासंघका अर्का उपाध्यक्ष दीपक कुँवरले व्यावहारिकरुपमा अघि बढ्न सरकारले हदबन्दी सीमा बाँधेर राख्न नहुने बताए । सरकारले हदबन्दी छूटको व्यवस्था गर्नुपर्ने उनले बताए । ‘जग्गा किनबेचका लागि कित्ताकाटको समस्याले सबै अन्योलमा छन्’, उनी भन्छन्, ‘यसले व्यवसायीको आत्मबल कमजोर बनाएको छ, त्यसलाई बलियो बनाउन सरकारले ध्यान दिनुपर्छ ।’

अर्को कुरा, विदेशी नागरिकलाई अपार्टमेन्ट दिलाउने व्यवस्था गर्न सके त्यसबाट राज्यले राम्रो आम्दानी गर्न सक्ने हुँदा घरजग्गा कारोबार गर्ने व्यवसायीलाई हात बाँध्ने काम नगर्न उनले आग्रह गरे ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउनमा मुख्य भूमिका खेले पनि सरकारी क्षेत्रबाट पाउनुपर्ने सहयोग नपाउँदा धेरैले दुःख पाएको महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे बताउँछन् । ‘सरकारी नीतिकै कारण व्यवसायी मर्कामा छन् । यस्तो अवस्थामा सरकारले व्यावहारिक पाटोमा पनि नजर लगाउनुपर्छ’, उनी भन्छन्, ‘किनकि देशभित्रै रोजगारी दिलाउने र सरकारको राजस्व सङ्कलनमा ठूलो भूमिका खेल्दै आएको व्यवसायलाई सही नजरबाट हेरिनुपर्छ ।’

व्यवसायीले पनि जग्गा तथा आवास व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको उनले बताए । घरजग्गा व्यवसायको क्षेत्रलाई पनि उद्योगको रुपमा मान्यता दिलाउने योजनाअनुसार महासंघले काम गर्दै आएको उनले बताए ।

महासंघका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले देशलाई आधुनिक सहर (स्मार्ट सिटी) बनाउने जिम्मा घरजग्गा तथा आवाससम्बन्धी काम गर्ने व्यवसायीलाई जिम्मा लगाउनुपर्ने सुझाव दिए । लामो समयदेखि स्मार्ट सिटीको नारा लगाउँदै आए पनि नारामा मात्रै सीमित भएको भन्दै त्यस्तो कामका लागि दक्षता प्राप्त क्षेत्रलाई जिम्मा दिनुपर्ने उनले बताए । भरतपुरमा पनि स्मार्ट सिटी बनाउने ठाउँ भए देखाइदिन उनले आग्रह गरे ।

ठगिनबाट जोगिऊँ ः प्रहरी
चितवन प्रहरीले घरजग्गाको कारोबार गर्दा मर्यादित र विश्वसनीय भएर गर्नुपर्ने सुझाव दिएको छ । चितवन प्रहरीमा आएको निवेदन हेर्दा विगत ९ महिनामा एक हजार ६०० निवेदन दर्ता हुँदा घरजग्गा तथा शान्तिसुरक्षासम्बन्धी विषयमात्रै सात सयको सङ्ख्यामा रहेको चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । त्यसमध्ये पनि एक सयवटा निवेदन घर जग्गाको बैना गरेर पछि कारोबार नमिलाएको विषयको भएको उनले बताए ।

‘घरजग्गा हे¥यो । कुरा मिल्यो, बैना ग¥यो । तर पछि घरजग्गा पनि नदिने, बैना रकम पनि फिर्ता नगर्ने समस्या समाजमा व्याप्त छ । यसलाई कम गराउने गरी काम गर्नु आवश्यक छ’, प्रहरी प्रमुख पुरीले भने । समाजमा अपराधको शृङ्खला नै घरजग्गा कारोबारबाट सुरू भएको कतिपय घटनाले देखाएको भन्दै यस व्यवसायलाई पारदर्शी र मर्यादित बनाउन आवश्यक रहेको उनले बताए ।
अर्को कुरा, घरजग्गाको विषयमा बिचौलियाको बिगबिगीले सेवाग्राही आजित बन्ने गरेको घटना पनि प्रहरी प्रमुख पुरीले सुनाए । ‘घरजग्गा हेर्न बीस जना जान्छन्, भोलि मन परेमा लिन्छन् एउटाले । तर, बाँकी १९ जनाले म पनि हेर्न गएको थिएँ, मेरो भाग खोइ भन्ने गरेको तथ्य पाइएको छ’, उनी थप्छन्, ‘यस्तो विकृतिको अन्त्य कहिले हुन्छ ?’

भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले भने समाज रुपान्तरणका लागि सबैले सत्मार्गको यात्रा गर्न आवश्यक रहेको बताए । हरेक क्षेत्रमा सकारात्मक तथा नकारात्मक विषय हुने भन्दै नकारात्मक विषयलाई ध्यान नदिई काम गर्ने हो भने समाजमा व्याप्त कुरीतिको जालो बिस्तारै तोडिँदै जाने उनले बताए । ‘सबैको साथ र सहयोगमा मात्रै समाज रुपान्तरण सम्भव छ’, उनले भने ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०