"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

Table of Content

काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो आम्दानी र नाफामा ठूलो फड्को मारेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले सावर्जनिक गरेको वित्तीय वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी एक वर्षको अवधिमा झण्डै १ अर्ब २० करोड रुपैयाँले बढेको छ । आम्दानीसँगै कम्पनीको सञ्चालन नाफाको दरमा पनि लोभलाग्दो सुधार देखिएको छ । आर्थिक वर्ष २०८० मा ७ प्रतिशत र २०८१ मा ९ प्रतिशत रहेको यो दर २०८२ मा बढेर १९ प्रतिशत पुगेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०२८÷८३ को पहिलो ६ महिनाको प्रारम्भिक तथ्याङ्कले यो दर ३० प्रतिशत पुग्ने संकेत गरेको छ, जसले कम्पनीको व्यावसायिक दक्षता बढ्दै गएको देखाउँछ ।

सिराहाको गोलबजारमा उद्योग रहेको मारुती सिमेन्टले हालै आफ्नो उत्पादन क्षमतामा ठूलो वृद्धि गरेको छ । सन् २०२५ जुनमा सम्पन्न पछिल्लो क्षमता विस्तारपछि कम्पनीले अहिले प्रतिदिन ३,३०० टन क्लिंकर र ४,००० टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । सन् २००८ मा ५०० टन सिमेन्ट उत्पादनबाट सुरु भएको यो उद्योग अहिले नेपालकै ठूला सिमेन्ट उद्योगमध्ये एक बनेको छ ।
कम्पनीको वित्तीय अवस्था बलियो बन्दै जाँदा ऋण भुक्तानी गर्ने क्षमतामा पनि उल्लेख्य सुधार आएको छ । सन् २०२४ मा ४.८४ गुणा रहेको यस्तो क्षमता सन् २०२५ मा बढेर ९.२२ गुणा पुगेको छ । यसले कम्पनीले आफ्नो ऋणको ब्याज सजिलै तिर्न सक्ने मजबुत स्थितिमा रहेको पुष्टि गर्छ ।

सन् १९९४ मा स्थापना भएको मारुती सिमेन्ट राठी र गोयल समूहद्वारा प्रवद्र्धित उद्योग हो । कम्पनीले मारुती ब्रान्ड नाममा ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । आफ्नै खानीको चुनढुङ्गा र उच्च प्रविधिको प्रयोगका कारण मारुती सिमेन्ट नेपाली निर्माण बजारमा लोकप्रिय मानिन्छ ।

ऋण व्यवस्थापन र आईपीओको योजना

हाल कम्पनीको ऋण र पुँजीको अनुपात ०.६४ गुणा मात्र छ, जुन वित्तीय रूपमा स्वस्थ मानिन्छ । क्षमता विस्तारका लागि थप ऋण लिए पनि कम्पनीले साधारण शेयर निष्कासन गरी संकलित रकमबाट ऋण भुक्तानी गर्ने योजना बनाएको छ । आईपीओपछि कम्पनीको वित्तीय भार अझै कम हुने देखिन्छ ।

विद्युत् महसुल विवाद र चुनौती

व्यावसायिक प्रगतिसँगै कम्पनीले केही चुनौतीको पनि सामना गरिरहेको छ । मारुती सिमेन्टको झण्डै ५७ करोड ५० लाख रुपैयाँ बराबरको पुरानो विद्युत् महसुल विवाद कायमै छ । यो रकम भुक्तानी गर्नुपर्ने अवस्था आएमा कम्पनीको नाफामा असर पर्न सक्ने देखिएको इक्रा नेपालको प्रतिबेदनले उल्लेख गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०