"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

Table of Content

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रूत प्रतिक्रिया टोली (क्युआरटी)ले पर्यटनमन्त्री खडगराज पौडेललाई बुझाएको प्रतिवेदनमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ ।

क्युआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी होटल क्षेत्रमा १९ अर्ब ५६ करोड चार लाख ४८ हजार रुपैयाँ, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार  र पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुयैयाँ बराबरको क्षति भएको अनुमान छ ।

त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधार, सवारीसाधन, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, र्‍याफ्टिङ तथा क्याम्पिङ साइट, ट्रेकिङ ट्रेललगायत क्षेत्रमा क्षति पुगेको क्युआरटीका संयोजक धमलाले जानकारी दिनुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

PM-1788659805

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ...
Prayatan-1790041336

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब...
Typhone-1790036571

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा...
Nepal-Bhutan-1790043434

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०