"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

Table of Content

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा अमेरिकाको न्यूयोर्कमा उहाँहरुबीच भेट तथा साइडलाइन वार्ता भएको हो । भुटानका प्रधानमन्त्री तोब्गेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ ।

भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले यो दुःखको घडीमा भुटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री खनालले नेपालका लागि भुटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

साथै, व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तारलगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि उहाँहरुबीच छलफल भएको छ । महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल हिजो न्यूयोर्क पुग्नुभएको हो ।

यसैबीच परराष्ट्रमन्त्री खनाल र युरोपेली सङ्घ (ईयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच पनि भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–युरोपेली सङ्घ (ईयु) साझेदारीका विभिन्न पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिनुभएको सन्देशप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा दुवै पक्षले नेपाल र ईयुबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

विशेषगरी, हालैको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुर्नउत्थान, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।   

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

PM-1788659805

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ...
Prayatan-1790041336

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब...
Typhone-1790036571

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा...
Nepal-Bhutan-1790043434

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०