"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

शुक्रबारदेखि आइतबारसम्म मुसलधारे वर्षाको सम्भावना : यी जिल्लामा बढी जोखिम

Table of Content

काठमाण्डौ – आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा मुसलधारे र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले सार्वजनिक गरेको विशेष मौसमी बुलेटिनअनुसार ४२ जिल्लामा बाढी पहिरोको जोखिम धेरै छ । कोशी प्रदेशको इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु तथा बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धादिङ र चितवनमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै  गण्डकी प्रदेशसको नवलपरासी पूर्व, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बाग्लुङ तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा र रुकुम पूर्वमा बढी जोखिम छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोट, डोल्पा, हुम्ला र मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ र दार्चुलामा बढी जोखिम रहेको महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा विकसित पानी पार्ने प्रणालीको प्रभाव भोलि बुधबारदेखि देखिन सक्ने मौसमविदको अनुमान छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

नदी, नाला र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ । शुक्रबारदेखि तीन दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढीबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्काउन अनुरोध गरेको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

819236742_1825159655136456_370711856341093373_n-1789994601

शुक्रबारदेखि आइतबारसम्म मुसलधारे वर्षाको सम्भावना : यी जिल्लामा बढी जोखिम

काठमाण्डौ – आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा मुसलधारे र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना...
PM-1788659805

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ...
Prayatan-1790041336

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब...
Typhone-1790036571

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा...
Nepal-Bhutan-1790043434

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०