"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘धरतीको नर्क’: ट्रम्पले भारतको बारेमा ‘विवादास्पद’ पोस्ट सेयर गरेपछि तीव्र आलोचना

Table of Content

ठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी लेखक तथा रेडियो प्रस्तोता माइकल सेभेजको जन्मसिद्ध नागरिकतासम्बन्धी विवादास्पद सन्देश सेयर गरेका छन्।

यसमा सेभेजले वर्तमान कानुनले आप्रवासीहरूलाई गर्भावस्थाको “नवौँ महिना” मा अमेरिका पुगेर स्थानीय कानुनको फाइदा उठाउन अनुमति दिएको दाबी गरेका छन्।

ट्रम्पले सेयर गरेको सेभेजको भनाइमा लेखिएको छ, “यहाँ जन्मिएको बच्चा तुरुन्त नागरिक बन्छ र त्यसपछि उनीहरू चीन, भारत वा संसारका अन्य ‘नरक’ भनिएका ठाउँबाट आफ्नो पूरै परिवार ल्याउँछन्। यो हेर्न धेरै टाढा जानुपर्दैन। यहाँ अब अंग्रेजी बोलिँदैन।”

यसपछि भारतमा ट्रम्पको कडा आलोचना भइरहेको छ। बिहीबार साँझ भारतीय विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया समेत दिएको छ।

अमेरिका भने ट्रम्पको विवादास्पद सामाजिक सञ्जाल पोस्टका कारण भएको क्षति कम गर्ने प्रयासमा देखिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार भारतस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने, “राष्ट्रपतिले भारत महान देश हो, जहाँ शीर्ष तहमा मेरा असल साथीहरू छन्, भन्नुभएको छ।”

भारतीय सञ्चारमाध्यमका प्रश्नको जवाफमा प्रवक्ताले यस्तो बताएका हुन्। तर ट्रम्पले भारतलाई “महान देश” कहिले र कहाँ भनेका थिए भन्ने स्पष्ट पारिएको छैन।

बिहीबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने, “हामीले ती टिप्पणीहरू र त्यसपछि अमेरिकी दूतावासको प्रतिक्रिया देख्यौं। ती टिप्पणीहरू स्पष्ट रूपमा जानकारीविहीन र अनुपयुक्त छन्। ती भारत–अमेरिका सम्बन्धको वास्तविकता झल्काउने खालका होइनन्, जुन लामो समयदेखि पारस्परिक सम्मान र साझा हितमा आधारित छन्।”

सेयर गरिएको पोस्टमा के छ ?

अमेरिकामा जन्मका आधारमा नागरिकता दिने विषय अहिले बहसको मुद्दा बनेको छ।

ट्रम्पले सेयर गरेको पोस्टमा माइकल सेभेजले लेखेका छन्, “आजको छोटो छलफल मैले सर्वोच्च अदालतमा जन्मसिद्ध नागरिकताबारे सुनेका बहसहरूमाथि हुनेछ। ती बहस सुनेर मलाई रिस उठ्यो, किनकि सबै कुरा कानुनी बहसमा सीमित थियो।”

उनले भनेका छन्, “अमेरिकी संविधान हवाई यात्रा सुरु हुनुअघि लेखिएको थियो। टेलिभिजन, इन्टरनेट र रेडियो आउनुअघि।”

पोस्टमा आप्रवासीका कारण अमेरिकी नागरिकलाई रोजगारी पाउन कठिनाइ भइरहेको उल्लेख गरिएको छ। उनीहरूको दाबी छ कि आप्रवासीहरूले अमेरिकीहरूको अधिकार खोसिरहेका छन्।

“यो हेर्न धेरै टाढा जानुपर्दैन। यहाँ अब अंग्रेजी बोलिँदैन। आज आउने आप्रवासी वर्गमा यस देशप्रति वफादारी लगभग छैन।”

ट्रम्पले अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)माथि पनि कडा टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, “यी मानिसहरूले यस देशलाई सबै माफिया परिवारले मिलेर पनि गर्न नसक्ने क्षति पुर्‍याएका छन्। यी ल्यापटप बोकेका गुण्डा हुन्। यिनले हामीलाई लुटेका छन्, दोस्रो दर्जाका नागरिकझैँ व्यवहार गरेका छन् र ‘तेस्रो विश्व’लाई हामीमाथि हाबी हुन दिएका छन्।”

उनले थप भने, “एसीएलयूकी वकिल वाङ हाम्रो राष्ट्रिय पहिचान नष्ट गर्न चाहन्छिन्, हामीलाई चीनको उपनिवेश बनाउन चाहन्छिन्, तर यो चीनमा मात्रै सीमित छैन, भारतमा पनि लागू हुन्छ।”

यही महिनाको सुरुमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशमाथि शंका व्यक्त गरेको थियो।

अधिकांश न्यायाधीश अवैध आप्रवासीका सन्तान तथा अस्थायी रूपमा अमेरिका आउने केही व्यक्तिका बच्चालाई नागरिकता नदिनु उचित हो भन्नेमा विश्वस्त देखिएका थिएनन्।

ट्रम्प प्रशासनको तर्क छ, ‘अवैध आप्रवासन रोक्न जन्मसिद्ध नागरिकता सीमित गर्नु आवश्यक छ।’ तर विरोधीहरू भन्छन्, यसले एक शताब्दीभन्दा पुरानो परम्परा उल्ट्याउनेछ।

भारतका विपक्षी दलको निशानामा ट्रम्प

ट्रम्पको पोस्टपछि भारतमा विपक्षी दलबाट तीव्र प्रतिक्रिया आएको छ। कांग्रेसले एक्समा लेखेको छ, “अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई ‘नरक’ भनेका छन्। यो अत्यन्त अपमानजनक र भारतविरोधी टिप्पणी हो।”

कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग कुरा गरेर कडा विरोध जनाउनुपर्ने माग गरेको छ।

कांग्रेसले भनेको छ, “मोदीको अहिलेसम्मको रेकर्ड हेर्दा ट्रम्पका अगाडि केही भन्न सक्ने अपेक्षा गर्न सकिँदैन। ट्रम्प बारम्बार भारतबारे अपमानजनक टिप्पणी गर्छन्, मोदी चुप लाग्छन्।”

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले ‘एक्स’मा लेखेका छन्, “मोदीजीका प्यारा साथी ‘नमस्ते ट्रम्प’ ले भारतलाई गाली गरिएको नोट सेयर गरेका छन्। मोदीजी पूर्ण रूपमा मौन छन्।”

उनले थपे, “विदेश मन्त्रालयका प्रवक्ताले ‘यति मात्र भन्न चाहन्छु’ भने। मोदीजी, केको डर ? अमेरिकी सफलतामा भारतीयहरूको ठूलो भूमिका छ। यो मुद्दा अमेरिकी सरकारसमक्ष उठाउन के रोकेको छ ?”

कांग्रेस सांसद तथा पूर्व मन्त्री मनीष तिवारीले विदेश मन्त्रालयको प्रतिक्रियामाथि कटाक्ष गर्दै भने, “कम्तीमा यति साहस त हुनुपर्छ कि हामी पाँच हजार वर्ष पुरानो सभ्यता हौँ, कुनै नरक होइन भनेर भन्न सकियोस्।”

कांग्रेस नेतृ सुप्रिया श्रीनेतले भनिन्, “डोनाल्ड ट्रम्पले भारतलाई ‘नरक’ भन्ने हिम्मत कसरी गरे ? भारतीयलाई ‘ल्यापटप ग्याङ्स्टर’ भन्ने हिम्मत कसरी गरे ? यसको कडा विरोध हुनुपर्छ।”

राजद सांसद मनोज झाले ट्रम्पलाई सम्बोधन गर्दै लेखे, “हामी बिउँझिँदा तपाईंले भारतीयबारे अपमानजनक भाषा प्रयोग गर्नुभएको पाइयो। यो अस्वीकार्य छ। यसलाई न भुलिनेछ, न सजिलै माफ गरिनेछ।”

आम आदमी पार्टीका नेता मनीष सिसोदियाले भने, “भारतको अपमान गरेर तपाईंलाई चर्चा मिल्ला, तर भारतलाई तपाईंको स्वीकृति आवश्यक छैन। १४० करोड जनसंख्या भएको देश गरिमा, प्रतिभा र सभ्यताको धनी हो।”

उनले थपे, “भारतलाई ‘नरक’ भन्नु भारतको होइन, तपाईंको अज्ञानता र खोक्रो अहंकारको पर्दाफास हो।”

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०