"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘धरतीको नर्क’: ट्रम्पले भारतको बारेमा ‘विवादास्पद’ पोस्ट सेयर गरेपछि तीव्र आलोचना

Table of Content

ठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी लेखक तथा रेडियो प्रस्तोता माइकल सेभेजको जन्मसिद्ध नागरिकतासम्बन्धी विवादास्पद सन्देश सेयर गरेका छन्।

यसमा सेभेजले वर्तमान कानुनले आप्रवासीहरूलाई गर्भावस्थाको “नवौँ महिना” मा अमेरिका पुगेर स्थानीय कानुनको फाइदा उठाउन अनुमति दिएको दाबी गरेका छन्।

ट्रम्पले सेयर गरेको सेभेजको भनाइमा लेखिएको छ, “यहाँ जन्मिएको बच्चा तुरुन्त नागरिक बन्छ र त्यसपछि उनीहरू चीन, भारत वा संसारका अन्य ‘नरक’ भनिएका ठाउँबाट आफ्नो पूरै परिवार ल्याउँछन्। यो हेर्न धेरै टाढा जानुपर्दैन। यहाँ अब अंग्रेजी बोलिँदैन।”

यसपछि भारतमा ट्रम्पको कडा आलोचना भइरहेको छ। बिहीबार साँझ भारतीय विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया समेत दिएको छ।

अमेरिका भने ट्रम्पको विवादास्पद सामाजिक सञ्जाल पोस्टका कारण भएको क्षति कम गर्ने प्रयासमा देखिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार भारतस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने, “राष्ट्रपतिले भारत महान देश हो, जहाँ शीर्ष तहमा मेरा असल साथीहरू छन्, भन्नुभएको छ।”

भारतीय सञ्चारमाध्यमका प्रश्नको जवाफमा प्रवक्ताले यस्तो बताएका हुन्। तर ट्रम्पले भारतलाई “महान देश” कहिले र कहाँ भनेका थिए भन्ने स्पष्ट पारिएको छैन।

बिहीबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने, “हामीले ती टिप्पणीहरू र त्यसपछि अमेरिकी दूतावासको प्रतिक्रिया देख्यौं। ती टिप्पणीहरू स्पष्ट रूपमा जानकारीविहीन र अनुपयुक्त छन्। ती भारत–अमेरिका सम्बन्धको वास्तविकता झल्काउने खालका होइनन्, जुन लामो समयदेखि पारस्परिक सम्मान र साझा हितमा आधारित छन्।”

सेयर गरिएको पोस्टमा के छ ?

अमेरिकामा जन्मका आधारमा नागरिकता दिने विषय अहिले बहसको मुद्दा बनेको छ।

ट्रम्पले सेयर गरेको पोस्टमा माइकल सेभेजले लेखेका छन्, “आजको छोटो छलफल मैले सर्वोच्च अदालतमा जन्मसिद्ध नागरिकताबारे सुनेका बहसहरूमाथि हुनेछ। ती बहस सुनेर मलाई रिस उठ्यो, किनकि सबै कुरा कानुनी बहसमा सीमित थियो।”

उनले भनेका छन्, “अमेरिकी संविधान हवाई यात्रा सुरु हुनुअघि लेखिएको थियो। टेलिभिजन, इन्टरनेट र रेडियो आउनुअघि।”

पोस्टमा आप्रवासीका कारण अमेरिकी नागरिकलाई रोजगारी पाउन कठिनाइ भइरहेको उल्लेख गरिएको छ। उनीहरूको दाबी छ कि आप्रवासीहरूले अमेरिकीहरूको अधिकार खोसिरहेका छन्।

“यो हेर्न धेरै टाढा जानुपर्दैन। यहाँ अब अंग्रेजी बोलिँदैन। आज आउने आप्रवासी वर्गमा यस देशप्रति वफादारी लगभग छैन।”

ट्रम्पले अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)माथि पनि कडा टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, “यी मानिसहरूले यस देशलाई सबै माफिया परिवारले मिलेर पनि गर्न नसक्ने क्षति पुर्‍याएका छन्। यी ल्यापटप बोकेका गुण्डा हुन्। यिनले हामीलाई लुटेका छन्, दोस्रो दर्जाका नागरिकझैँ व्यवहार गरेका छन् र ‘तेस्रो विश्व’लाई हामीमाथि हाबी हुन दिएका छन्।”

उनले थप भने, “एसीएलयूकी वकिल वाङ हाम्रो राष्ट्रिय पहिचान नष्ट गर्न चाहन्छिन्, हामीलाई चीनको उपनिवेश बनाउन चाहन्छिन्, तर यो चीनमा मात्रै सीमित छैन, भारतमा पनि लागू हुन्छ।”

यही महिनाको सुरुमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशमाथि शंका व्यक्त गरेको थियो।

अधिकांश न्यायाधीश अवैध आप्रवासीका सन्तान तथा अस्थायी रूपमा अमेरिका आउने केही व्यक्तिका बच्चालाई नागरिकता नदिनु उचित हो भन्नेमा विश्वस्त देखिएका थिएनन्।

ट्रम्प प्रशासनको तर्क छ, ‘अवैध आप्रवासन रोक्न जन्मसिद्ध नागरिकता सीमित गर्नु आवश्यक छ।’ तर विरोधीहरू भन्छन्, यसले एक शताब्दीभन्दा पुरानो परम्परा उल्ट्याउनेछ।

भारतका विपक्षी दलको निशानामा ट्रम्प

ट्रम्पको पोस्टपछि भारतमा विपक्षी दलबाट तीव्र प्रतिक्रिया आएको छ। कांग्रेसले एक्समा लेखेको छ, “अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई ‘नरक’ भनेका छन्। यो अत्यन्त अपमानजनक र भारतविरोधी टिप्पणी हो।”

कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग कुरा गरेर कडा विरोध जनाउनुपर्ने माग गरेको छ।

कांग्रेसले भनेको छ, “मोदीको अहिलेसम्मको रेकर्ड हेर्दा ट्रम्पका अगाडि केही भन्न सक्ने अपेक्षा गर्न सकिँदैन। ट्रम्प बारम्बार भारतबारे अपमानजनक टिप्पणी गर्छन्, मोदी चुप लाग्छन्।”

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले ‘एक्स’मा लेखेका छन्, “मोदीजीका प्यारा साथी ‘नमस्ते ट्रम्प’ ले भारतलाई गाली गरिएको नोट सेयर गरेका छन्। मोदीजी पूर्ण रूपमा मौन छन्।”

उनले थपे, “विदेश मन्त्रालयका प्रवक्ताले ‘यति मात्र भन्न चाहन्छु’ भने। मोदीजी, केको डर ? अमेरिकी सफलतामा भारतीयहरूको ठूलो भूमिका छ। यो मुद्दा अमेरिकी सरकारसमक्ष उठाउन के रोकेको छ ?”

कांग्रेस सांसद तथा पूर्व मन्त्री मनीष तिवारीले विदेश मन्त्रालयको प्रतिक्रियामाथि कटाक्ष गर्दै भने, “कम्तीमा यति साहस त हुनुपर्छ कि हामी पाँच हजार वर्ष पुरानो सभ्यता हौँ, कुनै नरक होइन भनेर भन्न सकियोस्।”

कांग्रेस नेतृ सुप्रिया श्रीनेतले भनिन्, “डोनाल्ड ट्रम्पले भारतलाई ‘नरक’ भन्ने हिम्मत कसरी गरे ? भारतीयलाई ‘ल्यापटप ग्याङ्स्टर’ भन्ने हिम्मत कसरी गरे ? यसको कडा विरोध हुनुपर्छ।”

राजद सांसद मनोज झाले ट्रम्पलाई सम्बोधन गर्दै लेखे, “हामी बिउँझिँदा तपाईंले भारतीयबारे अपमानजनक भाषा प्रयोग गर्नुभएको पाइयो। यो अस्वीकार्य छ। यसलाई न भुलिनेछ, न सजिलै माफ गरिनेछ।”

आम आदमी पार्टीका नेता मनीष सिसोदियाले भने, “भारतको अपमान गरेर तपाईंलाई चर्चा मिल्ला, तर भारतलाई तपाईंको स्वीकृति आवश्यक छैन। १४० करोड जनसंख्या भएको देश गरिमा, प्रतिभा र सभ्यताको धनी हो।”

उनले थपे, “भारतलाई ‘नरक’ भन्नु भारतको होइन, तपाईंको अज्ञानता र खोक्रो अहंकारको पर्दाफास हो।”

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०