"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आइरिस सितोरियो कराते डोजो को जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

Table of Content

आइरिस सितोरियो कराते डोजो ले विद्यालयस्तरीय जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम औपचारिक तथा सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा चारित्रिक विकासका साथै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सितोरियो कराते संघ बागमती प्रदेश का अध्यक्ष गगन लामा रहनुभएको थियो भने सभापतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद नहर्कीले गर्नुभएको थियो। साथै विभिन्न डोजो प्रमुख, राष्ट्रिय प्रशिक्षक तथा रेफ्रीहरूको सम्मानित उपस्थितिले कार्यक्रमको गरिमा थप बढाएको थियो।

जुनियर विद्यार्थीहरूले निर्धारित पाठ्यक्रमअनुसार काता र कुमितेमा आधारित अभ्यास प्रस्तुत गर्दै आफ्नो दक्षता, अनुशासन र आत्मनियन्त्रण प्रदर्शन गरेका थिए। सम्पूर्ण ग्रेडिङ प्रक्रिया व्यवस्थित, पारदर्शी र निष्पक्ष ढंगले सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले करातेले विद्यार्थीहरूमा सकारात्मक जीवनमूल्य, आत्मसंयम, साहस, आत्मरक्षा क्षमता र नेतृत्व गुण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। सभापति नहर्कीले विद्यालयले शैक्षिक अध्ययनसँगै सह–पाठ्यक्रम गतिविधिलाई समान महत्व दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर जोड दिइरहेको स्पष्ट पार्नुभयो।

ग्रेडिङमा सफल भएका विद्यार्थीहरूलाई सम्बन्धित तहअनुसार नयाँ बेल्ट प्रदान गरिएको थियो। शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम मर्यादित, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०