"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेतृत्वले कार्यकर्ता जोड्ने ऊर्जा दिने हो, मनोबल गिराउने होइनः सुरेन्द्र पाण्डे

Table of Content

काठमाडौं- निर्वाचनको सरगर्मी उत्कर्षमा पुगेका बेला नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक एकता र नेतृत्वको कार्यशैलीप्रति गम्भीर टिप्पणी गरेका छन्।

पछिल्ला केही समययता एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्तिहरूलाई लक्षित गर्दै उनले नेतृत्वका भनाइ र अभिव्यक्तिका कारण पार्टीलाई क्षति हुने बताएका हुन्।

ओलीका ‘धनुषा, महोत्तरी जस्तो झापाको दमक होइन, यो नगर धेरै एड्भान्स छ’ भन्ने जस्ता अभिव्यक्तिहरूले समाजिक सञ्जाल तताएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले निर्वाचन जस्तो संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु नै मुख्य जिम्मेवारी भएको उल्लेख गरेका हुन्।

टिकट वितरण र पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर एमालेभित्र केही असन्तुष्टिहरू देखिइरहेका बेला पाण्डेको यो अभिव्यक्ति आएको हो। उनले नेतृत्व तहबाट आउने अभिव्यक्तिहरू कार्यकर्ताको मनोबल बढाउने खालको हुनुपर्नेमा जोड दिएका छन्।

“नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ,” पाण्डेले भनेका छन्।

आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यून आँकलन गर्नु वा अपमानित गर्नु राजनीतिक परिपक्वता नभएको पाण्डेको तर्क छ। उनले संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर मात्र बाह्य चुनौतीको सामना गर्न सकिने बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा बालेन शाहको उम्मेदवारी र अन्य क्षेत्रमा उत्पन्न चुनौतीतर्फ संकेत गर्दै उनले व्यक्तिगत पूर्वाग्रहभन्दा पार्टी हित माथि हुने स्पष्ट पारे।

पार्टीले गरेको टिकट वितरणको ‘क्याल्कुलेसन’ लाई आफूले पार्टी हितका लागि मौनतापूर्वक स्वीकार गरेको बताउँदै उनले एमालेलाई जिताउने साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ नराख्ने उल्लेख गरेका छन्।

पाण्डेले थपेका छन्, “मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन्, मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन।”

विभिन्न टिप्पणीहरूको खण्डन र बहसभन्दा पनि अहिलेको आवश्यकता संगठन जोगाउनु रहेको पाण्डेको भनाइ छ। उनले आफू व्यर्थको खण्डनमा नअल्झी एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिसकेको जानकारी समेत दिएका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pokhara-airport-1787662073

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन...
thumb

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री...
yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०