"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा महिला बेचबिखन र हिंसा विरुद्ध सामूहिक प्रतिवद्धता

Table of Content

थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षामा जनप्रतिनिधि, विद्यालय र सुरक्षा निकायको एकता

राप्ती नगरपालिका भित्र महिला बेचबिखन तथा महिला हिंसा विरुद्ध साझा प्रतिवद्धतासहित अघि बढ्ने अठोट स्थानीय जनप्रतिनिधिहरुले व्यक्त गरेका छन्। महिला बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले महिलाको सुरक्षा, संरक्षण र सशक्तिकरणका लागि संस्थागत तथा नीतिगत पहललाई थप सशक्त बनाउने प्रतिबद्धता जाहेर गरेका हुन्।

सोमबार राप्ती नगरपालिकामा सम्पन्न उक्त समिक्षा कार्यक्रममा नगरका निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सुरक्षाकर्मी, स्थानीय सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा महिला बेचबिखन तथा हिंसाको वर्तमान अवस्था, जोखिम क्षेत्र, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

पहाडी क्षेत्रका छोरीहरु उच्च जोखिममा

कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट बोल्दै राप्ती नगरपालिका वडा नं २ का अध्यक्ष एवं नगर प्रवक्ता श्यामसुन्दर उप्रेतीले राप्ती नगरपालिकाको पहाडी भेगमा बसोबास गर्ने छोरीहरु महिला बेचबिखनको उच्च जोखिममा रहेको गम्भीर तथ्य प्रस्तुत गरे। उनले आर्थिक अभाव, शिक्षा र सचेतनाको कमी, वैदेशिक रोजगारीको भ्रम तथा दलालहरुको सक्रियताका कारण ती क्षेत्रका किशोरी तथा युवतीहरु सजिलै शिकार बन्ने अवस्था रहेको बताए।

“महिला बेचबिखन केवल सामाजिक समस्या मात्र होइन, यो गम्भीर मानवअधिकार उल्लंघन हो,” उप्रेतीले भने, “यसलाई रोक्न स्थानीय सरकारले जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।” उनले थ्रि एन्जल्स नेपालले लामो समयदेखि यस्ता जोखिमपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको भन्दै संस्थाप्रति कृतज्ञता व्यक्त गरे।

उनका अनुसार स्थानीय तहले अब महिला हिंसा र बेचबिखन विरुद्ध नीति निर्माण, बजेट विनियोजन र कार्यान्वयनमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको छ। जनप्रतिनिधिहरु यस विषयमा मौन बस्न नहुने र समुदायमै पुगेर काम गर्नुपर्नेमा उनले जोड दिए।

विद्यालयस्तरमै जोखिम पहिचान आवश्यक

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फबाट बोल्दै भोलेबाबा आधारभूत विद्यालयका अध्यक्ष मनिक लामाले सामुदायिक विद्यालयमा अध्ययनरत अत्यन्त न्यून आर्थिक अवस्था भएका परिवारका बालबालिका र किशोरीहरु पनि महिला बेचबिखनको जोखिममा रहेको बताए। उनले विद्यालय नै बालबालिकाको अवस्था बुझ्ने पहिलो थलो भएकाले विद्यालय र समुदायबीचको समन्वय अत्यन्त जरुरी रहेको धारणा राखे।

“अभाव, बेरोजगारी र पारिवारिक समस्या भएका परिवारका छोरीहरु सजिलै प्रलोभनमा पर्न सक्छन्,” लामाले भने, “यस्ता परिवारको पहिचान गरी समयमै सहयोग, परामर्श र सेवा प्रवाह गर्न संस्थाहरुले विशेष ध्यान दिनुपर्छ।” उनले थ्रि एन्जल्स नेपालजस्ता संस्थाले विद्यालयसँग सहकार्य गर्दै बालबालिकाको सुरक्षामा भूमिका खेल्नुपर्ने सुझाव दिए।

बहुपक्षीय सहभागितासहित कार्यक्रम सम्पन्न

थ्रि एन्जल्स नेपालको तर्फबाट जिल्ला इन्चार्ज सुनिता सिलवालले कार्यक्रममा इलाका प्रहरी कार्यालय, स्थानीय सञ्चार माध्यम, सामाजिक संघसंस्था तथा अन्य सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको जानकारी गराइन्। उनका अनुसार महिला बेचबिखन र हिंसा जस्तो जटिल समस्याको समाधान एकल प्रयासले सम्भव नहुने भएकाले बहुपक्षीय सहकार्य अपरिहार्य छ।

“सुरक्षा निकाय, स्थानीय सरकार, विद्यालय, सञ्चार माध्यम र समुदाय सबै मिलेर काम गरे मात्रै महिलामाथि हुने हिंसा र बेचबिखन रोक्न सकिन्छ,” सिलवालले भनिन्। उनले विगत वर्षमा थ्रि एन्जल्स नेपालले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने बताइन्।

सचेतना र सहकार्य नै दीर्घकालीन समाधान

कार्यक्रममा सहभागी वक्ताहरुले महिला बेचबिखन र हिंसा विरुद्ध दीर्घकालीन समाधानका लागि सचेतना, शिक्षा, आर्थिक सशक्तिकरण र कडा कानुनी कार्यान्वयन आवश्यक रहेको निष्कर्ष निकाले। विशेषगरी किशोरी लक्षित जीवनोपयोगी सीप तालिम, अभिभावक सचेतना, विद्यालयस्तरीय कार्यक्रम र समुदायमा निगरानी संयन्त्र गठन गर्नुपर्ने सुझाव दिइएको थियो।

स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुले पनि महिला बेचबिखन र हिंसाका घटनालाई उजागर गर्नुका साथै सचेतनामूलक सामग्री प्रसारणमा आफ्नो भूमिका बढाउने प्रतिबद्धता व्यक्त गरे। प्रहरी प्रतिनिधिहरुले उजुरी प्रणालीलाई सहज बनाउँदै पीडितमैत्री सेवा प्रवाहमा जोड दिने बताएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी सबैले राप्ती नगरपालिकालाई महिला मैत्री, सुरक्षित र हिंसामुक्त बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्ने सामूहिक प्रतिवद्धता जनाए। थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षा कार्यक्रम केवल गतिविधिको समीक्षा मात्र नभई महिला अधिकार र सुरक्षाका लागि साझा संकल्पको मञ्च बनेको सहभागीहरुको धारणा थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

शिक्षामन्त्रीद्वारा पूर्वी चितवनको चेपाङ बस्तीस्थित विद्यालय अनुगमन

चितवन, १ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका-१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गर्नुभएको छ। चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासिय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो। मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गर्नुभयो। छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय...

प्रदेशमा एमाले–नेकपा सत्ता गठबन्धनको तयारी, प्रचण्ड फकाउँदै ओली

काठमाडौं– कांग्रेस–एमाले सत्ता सहकार्य टुटेपछि कर्णाली र सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने सुदूरपश्चिममा एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि नयाँ समीकरणको खोजी सुरु भएको छ । नेकपाले कांग्रेस र एमाले दुवैसँग समानान्तर छलफल गरिरहेको भए पनि अन्तिम निर्णय भएको छैन । एमाले...

इरानमाथि अमेरिकाको लगातार छैटौँ दिन आक्रमण, हर्मूजमा तनाव कायमै

काठमाडौं : अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानमाथि आक्रमण गरेको जनाएको छ। स्ट्रेट अफ हर्मूज (हर्मूज जलडमरुमध्य) माथिको नियन्त्रणलाई लिएर दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यस आक्रमणको मुख्य उद्देश्य ‘इरानको सैन्य क्षमतालाई थप कमजोर पार्नु’ हो। यसका साथै, कमान्डले हर्मूज स्ट्रेटको नाकाबन्दी अन्तर्गत एक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको...

११ घण्टापछि खुल्यो मुग्लिङ–काठमाडौं सडक

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा बिहीबार साँझ करिब ६:३० बजे ढुङ्गासहितको ठूलो सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–काठमाण्डौ सडकखण्ड करिब ११ घण्टापछि पुनः सञ्चालनमा आएको छ। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले सडक दुवैतर्फी रूपमा पूर्ण अवरुद्ध भएको थियो। जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय धादिङले काठमाण्डौ भित्रिने तथा बाहिरिने...

आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो

काठमाडौँ । भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो। नापी विभागका निर्देशक दयानन्द जोशीका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म करिब ३४८ स्थानीय तहले मात्रै भूमिको वर्गीकरण...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०