"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेतृत्वले कार्यकर्ता जोड्ने ऊर्जा दिने हो, मनोबल गिराउने होइनः सुरेन्द्र पाण्डे

Table of Content

काठमाडौं- निर्वाचनको सरगर्मी उत्कर्षमा पुगेका बेला नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक एकता र नेतृत्वको कार्यशैलीप्रति गम्भीर टिप्पणी गरेका छन्।

पछिल्ला केही समययता एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्तिहरूलाई लक्षित गर्दै उनले नेतृत्वका भनाइ र अभिव्यक्तिका कारण पार्टीलाई क्षति हुने बताएका हुन्।

ओलीका ‘धनुषा, महोत्तरी जस्तो झापाको दमक होइन, यो नगर धेरै एड्भान्स छ’ भन्ने जस्ता अभिव्यक्तिहरूले समाजिक सञ्जाल तताएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले निर्वाचन जस्तो संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु नै मुख्य जिम्मेवारी भएको उल्लेख गरेका हुन्।

टिकट वितरण र पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर एमालेभित्र केही असन्तुष्टिहरू देखिइरहेका बेला पाण्डेको यो अभिव्यक्ति आएको हो। उनले नेतृत्व तहबाट आउने अभिव्यक्तिहरू कार्यकर्ताको मनोबल बढाउने खालको हुनुपर्नेमा जोड दिएका छन्।

“नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ,” पाण्डेले भनेका छन्।

आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यून आँकलन गर्नु वा अपमानित गर्नु राजनीतिक परिपक्वता नभएको पाण्डेको तर्क छ। उनले संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर मात्र बाह्य चुनौतीको सामना गर्न सकिने बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा बालेन शाहको उम्मेदवारी र अन्य क्षेत्रमा उत्पन्न चुनौतीतर्फ संकेत गर्दै उनले व्यक्तिगत पूर्वाग्रहभन्दा पार्टी हित माथि हुने स्पष्ट पारे।

पार्टीले गरेको टिकट वितरणको ‘क्याल्कुलेसन’ लाई आफूले पार्टी हितका लागि मौनतापूर्वक स्वीकार गरेको बताउँदै उनले एमालेलाई जिताउने साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ नराख्ने उल्लेख गरेका छन्।

पाण्डेले थपेका छन्, “मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन्, मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन।”

विभिन्न टिप्पणीहरूको खण्डन र बहसभन्दा पनि अहिलेको आवश्यकता संगठन जोगाउनु रहेको पाण्डेको भनाइ छ। उनले आफू व्यर्थको खण्डनमा नअल्झी एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिसकेको जानकारी समेत दिएका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०