"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

राप्ती नगरपालिका वडा नं. ९ मा सिपमूलक तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

राप्ती नगरपालिका वडा नं. ९ मा लक्षित वर्गका लागि सञ्चालन गरिने सिपमूलक तथा टोल विकास व्यवस्थापन तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम आज श्री दूधकोशी नमूना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता राप्ती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खड्कबहादुर तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राप्ती नगरपालिकाका...
Read more

भण्डारा मा.वि.मा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन

चितवन, राप्ती ।आज मिति २०८३/०१/२४ गते भण्डारा माध्यमिक विद्यालयमा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रम भूमिका सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा भूमिका सापकोटा चयन भएकी छन् । त्यसैगरी उपाध्यक्षमा सुप्रिया तामाङ, सचिवमा प्रज्वल कुँवर, सह–सचिवमा विशेष ढकाल तथा कोषाध्यक्षमा कृष्ण पाठक चयन...
Read more

एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सम्पन्न

भरतपुर । विकासानन्द फाउन्डेसन विश्व परिवार अन्तर्गत संस्थाका संस्थापक डा. विकासानन्द गुरूदेवको विशेष उपस्थितिमा नारायणगढस्थित वैकुण्ठचोक टोल विकास संस्थाद्वारा आयोजित एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ४ स्थित चितवन फुड मार्ट एण्ड पार्टी प्यालेसमा आइतबार दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा...
Read more

भरतपुर अस्पतालका अध्यक्ष पौडेलको राजीनामा

भरतपुर । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले पदबाट राजीनामा दिएका छन् । २०८२ साल चैत १२ गतेसम्म सरकारबाट नियुक्त पदाधिकारीहरुलाई स्वेच्छाले राजीनामा दिन सरकारले आग्रह गरेको छ । सोही आग्रहलाई आत्मसाथ गर्दै अवैतनिक अध्यक्ष पदबाट राजीनामा दिएको पौडेलले बताए । भरतपुर–१२ चितवन घर भएका पौडेल नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।...
Read more

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

चितवन । चितवनका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो। नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक राजस्व...
Read more

यूएईमा अलपत्र युवाको उद्धार

भरतपुर ।  यूएईमा करिब ९० दिनसम्म अलपत्र परेका भरतपुर–२ स्थायी घर भएका एक युवालाई भरतपुर महानगरपालिकाको पहल तथा सहकार्यमा नेपाल फिर्ता ल्याइएको छ। भरतपुर महानगरपालिकाका कार्यवाहक चित्रसेन अधिकारीको सचिवालयका अनुसार वैदेशिक रोजगारीका क्रममा युएई पुगेका ती युवा विभिन्न कारणले त्यहाँ समस्यामा परेर लामो समय अलपत्र अवस्थामा रहेका थिए। परिवारको अनुरोध तथा स्थानीय पहलपछि महानगरपालिकाले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै उद्धार प्रक्रिया...
Read more

भाषा संरक्षणमा राज्यको लापर्बाही : जनजाति आयोग

भरतपुर । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले भाषाको विषयमा राज्य गम्भीर नबनेको बताएका छन् । बागमती प्रदेश र गण्डकी प्रदेशमा सरकारी कामकाजीको भाषा भनेर घोषणा गरे पनि त्यसलाई कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको उनले बताए । कार्यान्वयनमा सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने उनको सुझाव छ । भाषालाई कार्यान्वयनमा ल्याउने विषयमा राज्यले लापर्बाही गरे पनि जनस्तरबाट...
Read more

बकुलहर रत्ननगर अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : मौखिक तीन बुँदे सहमतिपछि पीडित परिवारले शव उठाउँदै

भरतपुर । बकुलहर रत्ननगर अस्पतालमा सुत्केरीको मृत्युको विषयलाई लिएर पीडित परिवार र प्रशासनबीच भएको वार्ता सहमतिमा टुङ्गो लागेको छ ।रत्ननगर नगरपालिका वडा नं. ४ की २७ वर्षिया अस्मिता तामाङ विकको बिहीबार राती मृत्यु भएको थियो । पीडित परिवारले ‘चिकित्सकको लापरबाही’ भन्दै अस्पतालमा विरोध गरेका थिए । विरोधपछि अस्पतालमा केही समय तनाव सिर्जना भएको थियो ।...
Read more

रत्ननगरमा एक वर्षमा ११० जोडीको सम्बन्धविच्छेद

रत्ननगर । रत्ननगर नगरपालिकामा एक वर्षको अवधिमा ११० जोडीले सम्बन्धविच्छेद गरेका छन् । नगरपालिकाको सामाजिक तथा पञ्जीकरण उपशाखाका अनुसार २०८२ वैशाख १ देखि चैत ३० सम्मको अवधिमा ११० जोडीहरु कानुनीरुपमा अलग्गिएका हुन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६२३ जोडीले सम्बन्ध गाँस्दै गर्दा १११ जोडीले सम्बन्ध टुटाएका थिए । नगरपालिकाका १६ वडाहरुमध्ये वडा नम्बर–११ मा...
Read more

दीप प्रज्वलन गरी शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

भरतपुर । नेशनल क्याम्पियन फर एजुकेसन (एनसिई) नेपाल र गैर सरकारी संस्था महासंघ नेपाल चितवन शाखाले मंगलबार दीप प्रज्ज्वलन गरी शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु गरेको छ । भरतपुर चौबिसकोठीमा दीप प्रज्वलन गरी सप्ताह सुरु भएको घोषणा एनसिई नेपालका संयोजक तथा गैसस महासंघ चितवनका अध्यक्ष रामचन्द्र आचार्यले गरेका थिए । उनका अनुसार सप्ताह कार्यक्रम...
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०