"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बकुलहर रत्ननगर अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : मौखिक तीन बुँदे सहमतिपछि पीडित परिवारले शव उठाउँदै

Table of Content

भरतपुर । बकुलहर रत्ननगर अस्पतालमा सुत्केरीको मृत्युको विषयलाई लिएर पीडित परिवार र प्रशासनबीच भएको वार्ता सहमतिमा टुङ्गो लागेको छ ।
रत्ननगर नगरपालिका वडा नं. ४ की २७ वर्षिया अस्मिता तामाङ विकको बिहीबार राती मृत्यु भएको थियो । पीडित परिवारले ‘चिकित्सकको लापरबाही’ भन्दै अस्पतालमा विरोध गरेका थिए । विरोधपछि अस्पतालमा केही समय तनाव सिर्जना भएको थियो ।

अस्पतालका सूचना अधिकारी राजकुमार घिमिरेका रत्ननगर नगरपालिकाको रोहवरमा मौखिक तीन वटा बुँदामा सहमति भएपछि अस्मिताको शव उठाउन पीडित परिवार तयार भएका हुन् । अस्मिताको दुई सन्तानलाई रत्ननगर नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । वार्तामा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा पनि उपस्थिति थिए ।

पीडित परिवारमध्ये एक जनालाई रोजगार दिने र घटनाको सत्यतथ्य पत्ता लगाई कमजोरी गर्नेलाई कारबाही समेत गर्ने मौखिक सहमति भएको छ । सूचना अधिकारी घिमिरे सहमतिपछि अस्पताल शान्त भएको बताए । अस्मिताको शव भरतपुर अस्पतालमा छ । त्यहाँबाट परिवारले शव उठाउने सहमति भएको सूचना अधिकारी घिमिरेले बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अंकुर पौडेलका अनुसार वैशाख ९ गते बुधबार अस्मिताले शल्यक्रिया मार्फत् शिशु जन्माएकी हुन् । १० गते बिहीबार साँझसम्म आमा र बच्चाको स्वास्थ्य राम्रो थियो, तर बिहीबार राती एक्कासी फोक्सोको नलीमा रगत जमेको अस्पतालको भनाइ छ ।

अस्पतालमा फोक्सो र मुटु रोग विशेषज्ञ नभएका कारण र पर्याप्त आईसियु पनि नभएपछि चितवन मेडिकल कलेज सिफारिस भएको थियो । चितवन मेडिकल कलेज ल्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । अस्मिताको अहिले जन्मेको दोस्रो सन्तान छोरी हुन् । छोरीको स्वास्थ्य अवस्था राम्रो छ । अस्मिताका यसअघि छोरा छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

काठमाण्डौ – जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६ दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो । समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ । आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४...

नेपालमा नयाँ प्रजातिकाे चरा भेटियाे

काठमाण्डाै – नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार ‘कलर्ड किङ्गफिशर’ नेपालमा पहिलो पटक अभिलेख भएको हो । चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा मङ्गलैया फाटक नजिक यही असोज १३ गते यो चराको तस्वीर कैद गर्नुभएको हो । नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्हरूको सहकार्यमा यसको यकिन...

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसको सङ्ख्या बढ्दै

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ । विश्वभर बढ्दो चिन्ता र कडा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्‍याउने ठान्नेहरूको सङ्ख्या बढ्दै गएको ‘प्यु रिसर्च सेन्टर’ ले जनाएको छ । मेटा, स्न्याप र टिकटकलगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौँ...

कांग्रेस महाधिवेशन : रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूकाे तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनकाे उद्घाटन गर्नुभयाे । महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ । समाराेहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०