"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भण्डारा मा.वि.मा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन

Table of Content

चितवन, राप्ती ।
आज मिति २०८३/०१/२४ गते भण्डारा माध्यमिक विद्यालयमा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रम भूमिका सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा भूमिका सापकोटा चयन भएकी छन् । त्यसैगरी उपाध्यक्षमा सुप्रिया तामाङ, सचिवमा प्रज्वल कुँवर, सह–सचिवमा विशेष ढकाल तथा कोषाध्यक्षमा कृष्ण पाठक चयन भएका छन् । सदस्यहरूमा आयुषा पाण्डे, स्वरुप पाठक, विकास पौडेल, अर्पन चौधरी, प्रशंसा कंडेल र सुकान्त सापकोटा रहेका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सहभागीहरूले युवा रेडक्रस सर्कलले विद्यालयमा सामाजिक सेवा, मानवीय भावना, स्वास्थ्य सचेतना तथा विपद् व्यवस्थापन सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरूले विद्यालय तथा समुदायमा सकारात्मक र सेवामूलक कार्य गर्दै युवा रेडक्रस अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

इरानमाथि अमेरिकाको लगातार छैटौँ दिन आक्रमण, हर्मूजमा तनाव कायमै

काठमाडौं : अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानमाथि आक्रमण गरेको जनाएको छ। स्ट्रेट अफ हर्मूज (हर्मूज जलडमरुमध्य) माथिको नियन्त्रणलाई लिएर दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यस आक्रमणको मुख्य उद्देश्य ‘इरानको सैन्य क्षमतालाई थप कमजोर पार्नु’ हो। यसका साथै, कमान्डले हर्मूज स्ट्रेटको नाकाबन्दी अन्तर्गत एक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको...

११ घण्टापछि खुल्यो मुग्लिङ–काठमाडौं सडक

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा बिहीबार साँझ करिब ६:३० बजे ढुङ्गासहितको ठूलो सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–काठमाण्डौ सडकखण्ड करिब ११ घण्टापछि पुनः सञ्चालनमा आएको छ। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले सडक दुवैतर्फी रूपमा पूर्ण अवरुद्ध भएको थियो। जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय धादिङले काठमाण्डौ भित्रिने तथा बाहिरिने...

आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो

काठमाडौँ । भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो। नापी विभागका निर्देशक दयानन्द जोशीका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म करिब ३४८ स्थानीय तहले मात्रै भूमिको वर्गीकरण...

बढ्न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, ४२ प्रतिशत मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन

काठमाडौँ — चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा (२५ असारसम्म) बैंक तथा वित्तीय संस्थामा १५ खर्ब ६० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । न्यून कर्जा माग र बढिरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालु वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढेको देखिन्छ ।  बढ्न...

देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०