"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगरमा एक वर्षमा ११० जोडीको सम्बन्धविच्छेद

Table of Content

रत्ननगर । रत्ननगर नगरपालिकामा एक वर्षको अवधिमा ११० जोडीले सम्बन्धविच्छेद गरेका छन् । नगरपालिकाको सामाजिक तथा पञ्जीकरण उपशाखाका अनुसार २०८२ वैशाख १ देखि चैत ३० सम्मको अवधिमा ११० जोडीहरु कानुनीरुपमा अलग्गिएका हुन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६२३ जोडीले सम्बन्ध गाँस्दै गर्दा १११ जोडीले सम्बन्ध टुटाएका थिए ।

नगरपालिकाका १६ वडाहरुमध्ये वडा नम्बर–११ मा सबैभन्दा धेरै १४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । रत्ननगर–४ मा भने वर्षभरि एउटा पनि सम्बन्धविच्छेदको घटना दर्ता भएको छैन । यस्तै, रत्ननगर–८ मा सबैभन्दा कम एक जोडीले मात्र सम्बन्धविच्छेद गरेको पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।

अन्य वडाहरुको विवरणअनुसार वडा नं–१ मा १०, वडा नं–९ मा नौ, वडा नं–१४ मा आठ तथा वडा नं–२ मा १३, रत्ननगर–१५ र १६ मा सात/सात जोडीले सम्बन्धविच्छेद गरेका छन् । त्यसैगरी, वडा नं–३, ६, ७ र १० मा छ/छ जोडी तथा वडा नं–५ मा पाँच जोडीको सम्बन्धविच्छेदको घटना दर्ता भएको छ ।

नगरपालिकामा वर्षभरि भएका घटना दर्तामध्ये सबैभन्दा धेरै जन्मदर्ता भएको पाइएको छ । एक वर्षमा कुल ८७५ जनाको जन्मदर्ता भएकोमा ४३१ बालिका र ४४४ बालक रहेका छन् । सबैभन्दा धेरै जन्मदर्ता रत्ननगर–१५ मा ८७ जना र सबैभन्दा कम रत्ननगर–६ मा २९ जनाको भएको छ ।

सरकारले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्न र सो समय कटेमा जरिवाना लाग्ने व्यवस्था गरे पनि मानिसहरु आवश्यक परेको बेलामात्र दर्ता गर्न आउने गरेको बस्ताकोटीले बताए । उनले भने, ‘हरेक वर्ष वडा–वडामा अभियान सञ्चालन गर्दा पनि जन्मदर्ता शतप्रतिशत हुन सकेको छैन, हाल ७० प्रतिशतको हाराहारीमा मात्र छ ।’

यस अवधिमा नगरपालिकामा ४६३ वटा मृत्युदर्ता भएका छन् । सबैभन्दा धेरै रत्ननगर–१४ मा ४८ जना र सबैभन्दा कम रत्ननगर–२ मा १२ जनाको मृत्युदर्ता भएको छ । विशेषगरी, सम्पत्ति लेनदेन वा भागबन्डाको काम नपर्दासम्म मृत्युदर्ता गर्न नआउने प्रवृत्तिले गर्दा मृत्युको वास्तविक तथ्याङ्क आउन कठिन भएको प्रमुख बस्ताकोटीको भनाइ छ ।

विवाहदर्तातर्फ रत्ननगरका १६ वटा वडामा कुल ५५० जोडीले विवाहदर्ता गरेका छन् । जसमध्ये रत्ननगर–१३ बाट सबैभन्दा धेरै ५१ जोडी र रत्ननगर–७ बाट सबैभन्दा कम २३ जोडीले विवाहदर्ता गराएका छन् ।

यस्तै, बसाइँसराइको तथ्याङ्क हेर्दा रत्ननगरबाट बाहिर जानेभन्दा भित्रिनेको संख्या निकै धेरै देखिएको छ । एक वर्षको अवधिमा ४८८ परिवार (एक हजार ५५५ जना) रत्ननगरमा बसाइँ सरेर आएका छन् भने सोही अवधिमा १९० परिवार (४८० जना) मात्र यहाँबाट अन्यत्र बसाइँ सरेर गएका छन् । यस तथ्याङ्कले रत्ननगर नगरपालिका बसाइँसराइका लागि प्रमुख रोजाइको केन्द्र बनिरहेको तथ्याङ्कले देखाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नारायणी पुलबाट हाम फालेका एक पुरूषको उपचारका क्रममा मृत्यु

चितवनको नारायणी पुलबाट हाम फालेका एक अज्ञात पुरूषको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको छ।नाम, थर र ठेगाना नखुलेका अन्दाजी ५० वर्ष उमेरका एक पुरूषले नारायणी पुलबाट हाम फालेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्धार टोली घटनास्थल पुगेको उद्धार गरेको थियो। प्रहरीले उद्धार गर्ने क्रममा गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि भरतपुर...

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

काठमाण्डाै – दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लामा गठनभएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।  क्लबमार्फत चितवन र त्यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०