"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आम्दानी बढ्दा पनि प्रभु बैंकको नाफा किन घट्यो ?

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको नाफामा तीव्र गिरावट देखिएको छ भने जोखिम सूचकका रूपमा रहने खराब कर्जा उल्लेखनीय रूपमा बढेको छ। चैत मसान्तसम्म बैंकले ८५ करोड १५ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ८७ करोड ६० लाख...
Read more

सशस्त्र प्रहरीको १३औं आईजीपीमा पौडेल

१८ वैशाखदेखि कार्यभार काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको प्रमुख (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १३औं आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो । उहाँले १८ वैशाखदेखि औपचारिक रूपमा आईजीपी पदको कमान्ड सम्हाल्नु हुनेछ । हालका आईजीपी राजु अर्यालको चारवर्षे कार्यकाल पूरा...
Read more

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू काठमाण्डौ – सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ ।  यस अघि सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । निर्णयअनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको...
Read more

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान काठमाण्डौ – अहिले कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा लमजुङको भुजुङमा झण्डै ३२ मिलिमिटर वर्षा मापन भएको छ ।  आज दिउँसो गण्डकीसहित कोशी, बागमती प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशलगायत...
Read more

आईपीएल क्रिकेटमा दिल्ली आरसीबीसँग ९ विकेटले पराजित

आईपीएल क्रिकेटमा दिल्ली आरसीबीसँग ९ विकेटले पराजित काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग पराजित भएको छ ।  आरसीबीले दिल्लीलाई ९ विकेटले हरायो । दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १६ ओभर ३ बलमा अलआउट हुँदै ७५ रन मात्र बनाउन सक्यो । पावर प्लेमै...
Read more

सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश

सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश काठमाण्डौ – सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाभित्रको विभिन्न नदी किनार र सार्वजनिक ठाउँमा बनाइएका अतिक्रमित बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ ।  न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र काठमाण्डौ महानगरपालिकालाई लिखित जवाफ...
Read more

त्रिवि क्रिकेट मैदान भत्किँदैन : सरकारका प्रवक्ता

काठमाण्डाै – सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पार्नुभएको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता पाेखरेलले त्रिविसँग नयाँ लिज सम्झाैता गरिने बताउनुभएको हो । उहाँले विश्वविद्यालय र खेलमैदान राज्यकै निकाय र लगानी भएको भन्दै नयाँ रूपले सम्झौता गरेर...
Read more

एमाले सचिव महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा कपाल लुछालुछ, केही नियन्त्रणमा

काठमाडौं – माइतीघर मण्डलामा सोमबार दिउँसो दुई समूहबीच तनावपूर्ण झडप भएको छ। एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र अभियन्ता शोभा पाठकबीच विवाद चर्किँदा घम्साघम्सीको अवस्था सिर्जना भएको हो। दिउँसो करिब १२ बजेतिर शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू सुधन गुरुङको पुनर्वहालीको माग गर्दै धर्नामा बसिरहेका थिए। सोही क्रममा अम्बिका बस्नेत आफ्ना समर्थकसहित त्यहाँ...
Read more

आउँदो १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

आउँदो १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य काठमाण्डौ — सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको संयुक्त लगानीमा कुल २४ हजार ५ सय  मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ । रणनीतिमा यसअघि प्रस्तावित, अध्ययन सम्पन्न, निर्माणाधीन तथा निर्माणको...
Read more

मुस्ताङमा यार्साको सिजन, संकलनका लागि अनुमति र शुल्क निर्धारण

मुस्ताङ — मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा संकलन सुरु भएको हो ।  यार्सागुम्बा समुद्री सहतको ३ हजारदेखि ६ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि...
Read more
1 … 61 62 63 64 65 … 75

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०