"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

प्रधानन्यायाधीश सिफारिसमा रास्वपा सांसद खत्री भन्छन् : चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ छैन

रास्वपा सांसद राजीव खत्रीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा आइरहेको धारणामाथि टिप्पणी गर्दै उमेरभन्दा कर्म ठूलो हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्ने तर्क राखे। साथै खत्रीले चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ नभएको उल्लेख गरे। ‘मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ। चार नम्बरले...
Read more

विधानसभा भङ्ग : ममता बनर्जीले किन गरिन् राजीनामा दिन अस्वीकार ?

भारत : पश्चिम बंगालका राज्यपाल आर. एन. रविले त्यहाँको विधानसभा भंग गर्ने आदेश जारी गरेका छन् । राज्यपालद्वारा जारी आदेशमा भनिएको छ, ‘भारतीय संविधानको धारा १७४ को उपधारा (२) को खण्ड (द) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै, म ७ मे २०२६ देखि प्रभावी हुने गरी पश्चिम बंगाल विधानसभा भङ्ग गर्दछु ।’ वास्तवमा, पश्चिम बंगाल विधानसभा चुनावको नतिजा...
Read more

पर्सिसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

पर्सिसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना काठमाण्डौ – पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको...
Read more

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो काठमाण्डौ – सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ ।  हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँ थियो...
Read more

८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान काठमाण्डौ – विभिन्न ८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ ।  उपकुलपति छनोट तथा सिफारिस समितिले ८ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन...
Read more

हिउँचितुवा गणना गर्न ५६ ठाउँमा क्यामेरा राखियो

हिउँचितुवा गणना गर्न ५६ ठाउँमा क्यामेरा राखियो काठमाण्डौ – नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ ।  १५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको...
Read more

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी काठमाण्डौ – पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।  नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । कार्यालयले विगतमा दैनिक औसतमा ५ हजार किलोलिटर डिजेल र २ हजार...
Read more

भण्डारा मा.वि.मा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन

चितवन, राप्ती ।आज मिति २०८३/०१/२४ गते भण्डारा माध्यमिक विद्यालयमा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रम भूमिका सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा भूमिका सापकोटा चयन भएकी छन् । त्यसैगरी उपाध्यक्षमा सुप्रिया तामाङ, सचिवमा प्रज्वल कुँवर, सह–सचिवमा विशेष ढकाल तथा कोषाध्यक्षमा कृष्ण पाठक चयन...
Read more

श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी नागरिक पक्राउ

श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी नागरिक पक्राउ श्रीलङ्काको प्रहरीले साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पछिल्लो कारबाहीमा पर्नेहरूमा धेरैजसो चिनियाँ र भियतनामी नागरिक रहेका प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अन्तर्राष्ट्रिय रूपमा अपराधको जालो फैलाई साइबर अपराध गर्दै आएको आपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी...
Read more

पूर्वअर्थमन्त्री कार्कीसहित १३ जना र एउटा कम्पनीविरुद्ध ३ अर्ब ६५ कराेडकाे भ्रष्टाचार मुद्दा

पूर्वअर्थमन्त्री कार्कीसहित १३ जना र एउटा कम्पनीविरुद्ध ३ अर्ब ६५ कराेडकाे भ्रष्टाचार मुद्दा काठमाण्डाै – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शङ्कर अधिकारीसहित १३ जना व्यक्ति र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शङ्करप्रसाद अधिकारी र महेश्वर न्यौपानेलाई विपक्षी बनाएको...
Read more
1 … 62 63 64 65 66 … 90

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०