"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आजदेखि कक्षा १२ को परीक्षा सुरु, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार)देखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्।  बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्। यस वर्ष २०७९...
Read more

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी बस्ती र सरकारी जग्गा मिचेर बनाइएका संरचना व्यवस्थापनको काम धमाधम चलिहरेको छ । सरकारले राजधानीका खोला किनारमा रहेका सुकुम्बासी बस्तीबाटै यसको सुरुवात गरेको छ । शनिबारबाट काम थालेको सरकारले नगरदेखि शसस्त्र प्रहरीसम्म परिचालन गरी सुकुम्बासी बस्ती व्यवस्थापन गरिरहेको छ । काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीको खोला किनारमा...
Read more

भाषा संरक्षणमा राज्यको लापर्बाही : जनजाति आयोग

भरतपुर । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले भाषाको विषयमा राज्य गम्भीर नबनेको बताएका छन् । बागमती प्रदेश र गण्डकी प्रदेशमा सरकारी कामकाजीको भाषा भनेर घोषणा गरे पनि त्यसलाई कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको उनले बताए । कार्यान्वयनमा सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने उनको सुझाव छ । भाषालाई कार्यान्वयनमा ल्याउने विषयमा राज्यले लापर्बाही गरे पनि जनस्तरबाट...
Read more

आज सुनचाँदीको भाउ बढ्यो

आज सुनचाँदीको भाउ बढ्यो काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।  आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको...
Read more

लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै घुसमाग्ने प्रहरी वरिष्ठ हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दारलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ। आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना प्राप्त भएपछि निगरानी गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट...
Read more

रुपन्देही प्रहरीको ‘स्वीप अप्रेसन’ : २ घण्टामा १०३ जना पक्राउ

१३ वैशाख, काठमाडौं । शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा...
Read more

पेप्सीकोलामा मध्यराति तोडफोड, ८ सवारीसाधन क्षतिग्रस्त

पेप्सीकोलामा मध्यराति तोडफोड, ८ सवारीसाधन क्षतिग्रस्त राजधानीको पेप्सीकोला क्षेत्रमा शनिबार मध्यराति करिब १ बजे ८ वटा सवारीसाधनमा तोडफोड भएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती व्यक्तिले पार्किङमा राखिएका कार र मोटरसाइकलमा ढुंगा तथा फलामे वस्तु प्रयोग...
Read more

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो लुम्बिनी। बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामाबनेका घरटहरा हटाउन सुरु भएको छ। तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो। साबिक वडा नम्बर ६ हाल वडा...
Read more

भक्तपुर मनोहराको सुकुम्वासी बस्तीका घर टहरा भत्काउन शुरु : बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

भक्तपुर मनोहराको सुकुम्वासी बस्तीका घर टहरा भत्काउन शुरु : बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन काठमाण्डौ – भक्तपुर मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा रहेका घर टहरा भत्काउन थालिएको छ । बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्तीमा डोजर चलाइएको हो ।  अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा...
Read more

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनिएपछि आकस्मिक उद्धार : गोली चलाउने पक्राउ

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनिएपछि आकस्मिक उद्धार : गोली चलाउने पक्राउ काठमाण्डौ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि आकस्मिक उद्धार गरिएको छ ।  वासिङ्टन डीसीमा रहेको एक होटलमा कार्यक्रम भइरहेको थियो । डिनरका क्रममा गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले आकस्मिक उद्धार गरेका हुन् । घटना हिल्टन होटलको...
Read more
1 … 64 65 66 67 68 … 75

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०