"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

प्रधानमन्त्री शाहले पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्नुहुने

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले छिमेकी देश भारतको भ्रमण गर्नुहुने भएको छ ।   गएको चैत १३ मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शाहले विदेशको पहिलो भ्रमण भारतबाट शुरु गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी थालिएको जानकारी दिनुभयो ।  प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि...
Read more

गोरखा भूकम्पको ११ वर्ष, अझै पाउन सकेनन् दलितले व्यवस्थित घर

काठमाडौँ, वैशाख १२ – खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू। जस्ताको पाताले बारेर दुई भाग लगाइएको सानो टहरोमा न झ्याल छ, न त राम्रो ढोका—एक खापा भएको जस्ताको ढोका पनि जीर्ण अवस्थामा छ। प्रहरी...
Read more

बकुलहर रत्ननगर अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : मौखिक तीन बुँदे सहमतिपछि पीडित परिवारले शव उठाउँदै

भरतपुर । बकुलहर रत्ननगर अस्पतालमा सुत्केरीको मृत्युको विषयलाई लिएर पीडित परिवार र प्रशासनबीच भएको वार्ता सहमतिमा टुङ्गो लागेको छ ।रत्ननगर नगरपालिका वडा नं. ४ की २७ वर्षिया अस्मिता तामाङ विकको बिहीबार राती मृत्यु भएको थियो । पीडित परिवारले ‘चिकित्सकको लापरबाही’ भन्दै अस्पतालमा विरोध गरेका थिए । विरोधपछि अस्पतालमा केही समय तनाव सिर्जना भएको थियो ।...
Read more

बैंकमा अधिक तरलता, आज एकैदिन एक खर्ब २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाणडौ – बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।  १९ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत एक खर्ब २० अर्ब रकम खिच्न लागेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३...
Read more

व्यवसायीलाई धरपकड गरेको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनको गम्भीर ध्यानाकर्षण

काठमाण्डौ – उद्यमी व्यवसायीप्रति भइरहेको धरपकड र थुनछेकले निरुत्साहित भएको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  नयाँ सरकार गठनपछि देशमा स्थिरता र...
Read more

विश्वकै सर्वाधिक प्रदूषित शहर बन्यो काठमाडौं, एक्यूआई २०० भन्दा माथि

काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख शहरको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वका प्रमुख सय शहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ । आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २१० छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।  एक्यूआई १०१ देखि १५० को...
Read more

‘धरतीको नर्क’: ट्रम्पले भारतको बारेमा ‘विवादास्पद’ पोस्ट सेयर गरेपछि तीव्र आलोचना

ठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी लेखक तथा रेडियो प्रस्तोता माइकल सेभेजको जन्मसिद्ध नागरिकतासम्बन्धी विवादास्पद सन्देश सेयर गरेका छन्। यसमा सेभेजले वर्तमान कानुनले आप्रवासीहरूलाई गर्भावस्थाको “नवौँ महिना” मा अमेरिका पुगेर स्थानीय कानुनको फाइदा उठाउन अनुमति दिएको दाबी गरेका छन्। ट्रम्पले सेयर गरेको सेभेजको भनाइमा लेखिएको छ, “यहाँ जन्मिएको बच्चा तुरुन्त नागरिक बन्छ र त्यसपछि उनीहरू...
Read more

पत्रकार आचारसंहिता उल्लङ्घन बढेपछि प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ। काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ । काउन्सिलले...
Read more

क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव

क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव काठमाण्डौ – सरकारले भोलि र पर्सि थापाथलीमा क्षेत्रको नदी अतिक्रमित बस्ती हटाउने तयारी गरेपछि त्यसको विरोध भइरहेको छ । अधिकारकर्मीसँगै विभिन्न दल र नवयुवाहरूले समेत सुकुम्वासी बस्ती हटाउने तयारीको विरोध गरेका हुन् ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति निकालेर सुकुम्वासी...
Read more

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविरामको अवधि थप तीन हप्ताका लागि बढाइएको घोषणा गरेका गर्नुभएको छ ।  ह्वाइट हाउसमा भएको वार्तापछि ट्रम्पले यस्तो निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । उपराष्ट्रपति जेडी भान्सले यस ३ हप्ते विस्तारलाई एक महत्त्वपूर्ण र ऐतिहासिक क्षण भन्नुभएको छ । यो...
Read more
1 … 66 67 68 69 70 … 75

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०