"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सिडिओ कार्यालय गेटमा खगेन्द्र सुनारसहित रास्वपा सांसदहरूको रातभरि धर्ना

खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्। धर्नमा रास्वपा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेल लगायत बुद्धिजीवि तथा...
Read more

माडीका वडा नं–१ र २ मा सार्वजनिक सुनुवाइ

माडी । माडी नगरपालिकाका सबै वडाहरुमा वडास्तरीय सार्वजनिक सुनुवाइ सञ्चालन भएका छन् । कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी, नाला व्यवस्थापन, बसोवास, स्वास्थ्यसेवालगायतका विषयमा आफ्ना धारणा राखेका थिए । बुधबार बरूवास्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय भवनको खुला हलमा माडी–२ वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वडास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाइमा सहभागी रहँदै...
Read more

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ७९ अर्ब ५४ करोडको सामग्री निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब १९ करोड अर्थात् १५ प्रतिशत बढी आयात भएको हो । जबकि गत आर्थिक वर्षको...
Read more

ढुंगाले हिर्काएर छिमेकीको हत्या

फिदिम, वैशाख १० गते । पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई जनाबिच भएको विवादमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हिलिहाङ–७ निवासी ५२ वर्षीय धनप्रसाद यवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उहाँलाई आफ्नै छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको बताइएको छ। घटना बुधबार साँझ भएको हो। घटनापश्चात् आरोपित...
Read more

विराटनगर महानगरपालिकामा तास खेल्ने अड्डामा प्रहरीले छापा मारे, ६ जना पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका–९ सोमबारेस्थित खाली घरमा गोप्य रूपमा सञ्चालन हुँदै आएको तास खेल्ने अड्डामा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बुधबार राति करिब ८ बजेतिर तास खेल्दै गरेका ६ जनालाई नियन्त्रणमा लिएको बताए।  उनका कटवालका अनुसार खाली घरलाई व्यवस्थित रूपमा तास खेल्ने स्थल बनाएको पाइएको छ...
Read more

रत्ननगरमा एक वर्षमा ११० जोडीको सम्बन्धविच्छेद

रत्ननगर । रत्ननगर नगरपालिकामा एक वर्षको अवधिमा ११० जोडीले सम्बन्धविच्छेद गरेका छन् । नगरपालिकाको सामाजिक तथा पञ्जीकरण उपशाखाका अनुसार २०८२ वैशाख १ देखि चैत ३० सम्मको अवधिमा ११० जोडीहरु कानुनीरुपमा अलग्गिएका हुन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६२३ जोडीले सम्बन्ध गाँस्दै गर्दा १११ जोडीले सम्बन्ध टुटाएका थिए । नगरपालिकाका १६ वडाहरुमध्ये वडा नम्बर–११ मा...
Read more

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग शुरू

काठमाण्डौ – दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि शुरू भएको छ ।  नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा प्रतियोगिता शुरु भएको हो । आज पहिलो दिन पुरुष र महिला दुवैतर्फ २/२ खेल हुँदैछन् । अहिले महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच लिगको पहिलो खेल भइरहेको छ...
Read more

मिथ्या र भ्रामक समाचार फैलाएमा कारबाही गर्ने सरकारको चेतावनी

काठमाण्डौ – सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । यस्तो गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानुन बमोजिम कारबाही...
Read more

इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा राष्ट्रसंघको स्वागत

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नु भएको छ ।  महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको समय थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्त्वपूर्ण स्थान सिर्जना गर्ने बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस...
Read more

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषद्काे वैशाख ८ गतेकाे सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसाे २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
Read more
1 … 67 68 69 70 71 … 75

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०