"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सार्वजनिक पदाधिकारीको गैरकानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह

Table of Content

सार्वजनिक पदाधिकारीको गैरकानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह

काठमाण्डाै – सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ ।

आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैरकानूनी ढङ्गले सम्पत्ति आर्जन गरेको आशङ्का भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो । आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुनसक्ने भएकाले त्यस्ता विवरण सङ्कलन गर्न सूचना जारी गरिएको हो ।

आयोगले शङ्कास्पद व्यक्तिको सम्पत्तिसम्बन्धी विवरण, सम्पर्क नम्बर तथा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ । उजुरीकर्ताको पहिचान पूर्णरूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ ।

आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा इमेलमार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनुपर्नेछ ।

यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिवस्तरसम्मका बहालवाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सङ्घीय सांसद, पालिकाका प्रमुख तथा उपप्रमुखलगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०