"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल

Table of Content

काठमाडौँ । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै सुरु भएको छ ।  संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बिहीबार छलफल सुरु भएको हो ।

नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले टेबल गरेका थिए । तर विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री सहभागी हुनुपर्ने र जवाफ पनि दिनुपर्ने माग गरेका थिए । सोही मागका कारण बुधबारको बैठक अघि बढ्न सकेको थिएन । 

सभामुख डोलप्रसाद अर्यालले बुधबार बेलुका प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका थिए । तर, बिहीबार पनि प्रधानमन्त्री प्रतिनिधि सभा बैठकमा उपस्थित नभएपछि उनको अनुपस्थितिमै छलफल सुरु भएको हो । नीति तथा कार्यक्रममा विपक्षीहरूले ३५ वटा संशोधन प्रस्ताव हालेका छन् । 

नीति तथा कार्यक्रममाथिको छलफल आजै सकेर जवाफ दिने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुनुअघि बिहीबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने माग दोहोर्‍याएका थिए । 

कांग्रेसका मिस्कल राई, एमालेका ऐन महर, राप्रपाका खुस्बु ओली र नेकपा युवराज दुलालले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको भन्दै सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ? भनेर प्रश्न गरेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०